सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ मा अवस्थित श्री हैबुङ महादेव स्थान माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक विकासका लागि स्थापना गरिएको अक्षयकोषमा धादिङका समाजसेवी रमेश (राजु) रेग्मीले नगद १ लाख ५० हजारभन्दा माथिको सहयोग गर्नुभएको छ।
गङ्गाजमुना गाउँपालिका–७, बुडाथुम , धादिङ घर भएका रेग्मीले विद्यालय परिवारले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरी सहयोग गर्ने अवसर प्रदान गरेकोमा आभार व्यक्त गर्नुभएको छ। उक्त अक्षयकोषबाट आर्जित रकम विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न सदुपयोग हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ।
सहयोगी स्वभावका तथा समाजसेवामा निरन्तर सक्रिय रहँदै आउनु भएका रेग्मीको यो योगदानले ग्रामीण भेगका विद्यार्थीहरूको शिक्षामा सकारात्मक प्रभाव पार्ने विद्यालय परिवारले जनाएको छ। विद्यालयले उहाँको यस सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता सामाजिक कार्यमा साथ मिलिरहने अपेक्षा गरेको छ।
शिक्षा, समाज र मानवीय सेवामा निरन्तर योगदान दिँदै आउनु भएका रमेश (राजु) रेग्मीको यो कदम अन्य व्यक्ति तथा संस्थाका लागि पनि प्रेरणादायी बनेको छ।






प्रतिकृया दिनुहोस्