Tag: balen saha
आचारसंहिता उल्लङ्घनका उजुरी बढे, आयोगले बालेन सहित थप ९ जनासँग जवाफ माग्यो
काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै थप नौ जना व्यक्ति तथा उम्मेदवारसँग स्पष्टीकरण माग गरेको छ। यससँगै आयोगले हालसम्म माग गरेका स्पष्टीकरणको संख्या २९ पुगेको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापामाथि बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग […]
पूरा पढ्नुहोस्
उपत्यकाका रास्वपा उम्मेदवारसँग बालेनको रणनीतिक बैठक
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले काठमाडौं उपत्यकाभित्रका प्रतिनिधिसभा उम्मेदवारहरूसँग चुनावी रणनीतिबारे छलफल गरेका छन्। आफ्नै निर्वाचन क्षेत्रको कार्यक्रम सकेर राजधानी फर्किएका शाहले उम्मेदवारहरूबाट हालसम्मको अभियानको अवस्था बुझेका हुन्। भेटमा बालेनले उम्मेदवारहरूलाई निर्वाचन अभियानका विषयमा संक्षिप्त विवरण लिनुका साथै आगामी रणनीतिबारे सुझाव दिएका सहभागी नेताहरूले बताएका छन्। ललितपुर–३ की […]
पूरा पढ्नुहोस्
संसदीय यात्राको तयारीमा बालेन, रास्वपामा सक्रिय भूमिकाको संकेत
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो तयारीलाई तीव्र बनाएको संकेत दिएका छन्। उनका सचिवालयका अनुसार उनी आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुँदै चुनावी रणनीति र भूमिकाबारे छलफल गर्ने तयारीमा छन्। शाहले पार्टी नेतृत्वसँग आसन्न निर्वाचन, संगठन विस्तार र अभियानको दिशा तय गर्ने […]
पूरा पढ्नुहोस्
रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्दै, बालेन शाह र उज्यालो नेपालसँगको सहकार्य औपचारिक
काठमाडौँ काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ। सभामार्फत एकता प्रक्रियालाई पूर्णता दिँदै आगामी राजनीतिक कार्यदिशाबारे पनि […]
पूरा पढ्नुहोस्
चुनावी राजनीतिमा सक्रिय हुँदै बालेन, हट्यो पहिचान बनेको कालो चस्मा
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पछिल्लो समय चुनावी राजनीतिमा सक्रिय देखिन थालेका छन्। विभिन्न राजनीतिक दल, जेन–जी अगुवा र नेताहरूसँग निरन्तर छलफलमा जुटिरहेका बालेन हाल सार्वजनिक कार्यक्रममा कालो चस्माबिनै देखिन थालेका छन्। र्यापरका रूपमा पहिचान बनाएका बालेन स्वतन्त्र उम्मेदवार बनेर काठमाडौं महानगरको मेयर निर्वाचित हुँदा उनको कालो चस्मा पनि पहिचानकै रूपमा स्थापित भएको थियो। ‘बालेन […]
पूरा पढ्नुहोस्
रवि–बालेनबीच पार्टी एकता वा सहकार्य आजै टुंगो लाग्ने संकेत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच पार्टी एकता वा चुनावी सहकार्यको घोषणा आज रातिसम्म हुने संकेत देखिएको छ। दुवै नेताबीच पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपातबारे अन्तिम छलफल भइरहेको निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार रास्वपाका तर्फबाट ७० र बालेन पक्षबाट ३० प्रतिशतको अनुपातमा समानुपातिक उम्मेदवार […]
पूरा पढ्नुहोस्
कुलमान–बालेन–रवि जोड्ने अर्जुन शाहीको निर्णायक पहल जेन–जी क्रान्तिको मर्म बोकेर बालेन शाहलाई गहन रणनीतिक ब्रिफिङ
काठमाडौं — नेपालको राजनीतिक क्षितिज निर्णायक मोडमा उभिएको यो घडीमा वैकल्पिक शक्तिहरूबीचको एकता अब छलफलको सैद्धान्तिक चरण पार गरेर अन्तिम तथा ठोस निष्कर्षतर्फ द्रुत गतिमा अघि बढेको स्पष्ट तथा उत्साहजनक संकेत प्राप्त भएको छ। जेन–जी आन्दोलनका प्रमुख अगुवा तथा युवा नेतृत्वका प्रतीक अर्जुन शाहीले यो सन्देशलाई थप दृढता र ऊर्जाका साथ प्रस्तुत गरेका छन्, जसले […]
पूरा पढ्नुहोस्
मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच आज अपराह्न भेटवार्ता भएको छ। भट्टराई अपराह्न ४ बजेर २० मिनेटमा ललितपुरस्थित छलफल स्थलमा पुगेर मेयर शाहसँग संवाद गरेका हुन्। स्रोतका अनुसार भट्टराईको आगमनसँगै दुवैबीच भेटवार्ता सुरु भएको हो। पछिल्लो समय मेयर शाहले लगातार राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। मेयर शाहले बुधबार र बिहीबार विभिन्न राजनीतिक […]
पूरा पढ्नुहोस्
रवि–बालेनबीच झण्डै चार घण्टा वान–टु–वान वार्ता, रविका संकेतात्मक प्रतिक्रिया
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच आज झण्डै चार घण्टा लामो ‘वान–टु–वान’ वार्ता भएको छ। कुपण्डोलस्थित बालेन शाहका सहयोगीको निवासमा भएको भेटवार्ता सकिएपछि बाहिर निस्किएका रवि लामिछानेलाई सञ्चारकर्मीहरूले दुई वटा प्रश्न गरेका थिए। पहिलो प्रश्नमा उनलाई ‘लौरो नै टेक्ने हो कि घण्टी बजाउने हो?’ भनेर सोधिएको थियो। यसमा रविले […]
पूरा पढ्नुहोस्
रवि लामिछाने–बालेन शाहबीच सहकार्यबारे छलफल, सहमतिका लागि दबाब दिँदै गेटमै ताला
फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको सम्भावनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भइरहेको छ। ललितपुरस्थित बालेन शाहका सहयोगी कुमार बेनको निवासमा छलफल चलिरहेको हो। छलफल स्थलभित्र रवि र बालेनबीच संवाद भइरहँदा बाहिर भने जेन–जी अभियन्ता सुदन गुरुङ उपस्थित छन्। गुरुङले सहमतिको दबाब दिन आफू त्यहाँ पुगेको बताएका […]
पूरा पढ्नुहोस्



