Tuesday, October 27

खेलकुद

दशौँ राष्ट्रिय खेलकुद तयारीबारे सुर्खेतमा मूल आयोजक समितिको बैठक

कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई अघि बढाउन मूल आयोजक समितिको बैठक आइतबार सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसहित सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी छन्। प्रतियोगिताको व्यवस्थापन, पूर्वाधार र सञ्चालनसम्बन्धी तयारीबारे छलफल भइरहेको छ। यसपटक […]

पूरा पढ्नुहोस्

इन्दु बर्मा सम्मिलित टोरन्टो सिक्सर्सलाई क्यानडा सुपर ६० उपाधि

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा आबद्ध टोरन्टो सिक्सर्सले क्यानडा सुपर ६० को महिला उपाधि जितेको छ। फाइनलमा टोरन्टोले भ्यानकुभर वारियर्सलाई ६ विकेटले हरायो। प्रतियोगिताको आधिकारिक स्कोरकार्डअनुसार वारियर्सले १० ओभरमा ८४ रन बनाएको थियो। टोरन्टोले ९.३ ओभरमै ८५ रन पुर्‍याएर खेल जित्यो। बर्मा १८ रनमा अविजित रहिन् र बलिङमा एक विकेट लिइन्।

पूरा पढ्नुहोस्

नेपाल पुलिस क्लबलाई मदन भण्डारी कप भलिबल उपाधि

दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार बुटवलमा भएको फाइनलमा पुलिसले संखुवासभाको सभापोखरी भलिबल क्लबलाई ३–० सेटले हरायो। खेलका सेट २५–२३, २५–२३ र २५–२२ मा टुंगिए। उपाधिसँगै नेपाल पुलिसले सात लाख रुपैयाँ पायो। उपविजेता सभापोखरीले तीन लाख ५० हजार रुपैयाँ हात पार्‍यो। तेस्रो स्थानको […]

पूरा पढ्नुहोस्