Tag: gagan thapa
नेपाली कांग्रेसद्वारा केन्द्रीय अनुशासन समिति पुनर्गठन
काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। पार्टी सभापति गगन थापा ले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) अनुसार समिति पुनर्गठन गरेको जानकारी का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलाल ले दिएका छन्। नयाँ समितिको संयोजकमा तारामान गुरुङ लाई जिम्मेवारी दिइएको छ। यस्तै सदस्यहरूमा धना खतिवडा, रमेशप्रसाद धमला […]
पूरा पढ्नुहोस्
Gagan Kumar Thapa लाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिको आग्रह
काठमाडौं। ललितपुर जिल्लाबाट स्थानीय तहमा Nepali Congress का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका छन्। ललितपुरका जनप्रतिनिधिहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान जटिल राजनीतिक परिस्थितिमा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अत्यन्त आवश्यक रहेको बताएका हुन्। विज्ञप्तिमा कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता तथा लोकतन्त्रको संरक्षणका […]
पूरा पढ्नुहोस्
अबको चुनावमा कांग्रेसलाई सय सिट कटाउने लक्ष्य राख्नुस् : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई स्पष्ट बहुमतसम्म पुर्याउने लक्ष्यसहित अभियान अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टीको पुरानो नाराभन्दा अब अझै ठोस र महत्वाकांक्षी लक्ष्य बोकेर जनतामाझ जानुपर्ने उनको जोड थियो। शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘अब “कांग्रेसको सरकार” भन्ने नारामा सीमित नबसौँ। यदि नारा लगाउने नै […]
पूरा पढ्नुहोस्
नयाँ कांग्रेसमा पुराना उपलब्धि, कमजोरीलाई विदा गरिसक्यौँ : सभापति थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेसले विगतका सकारात्मक उपलब्धिलाई निरन्तरता दिँदै पुराना कमजोरीलाई पछाडि छाडिसकेको दाबी गरेका छन्। सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले पार्टीको इतिहास, परम्परा र संस्कृतिप्रति गर्व रहेको उल्लेख गरे। उनका अनुसार कांग्रेसको यात्रा केवल आलोचनाको विषय होइन, यसले देशको सामाजिक र सांस्कृतिक विकासमा पनि योगदान दिएको छ। “हामीले […]
पूरा पढ्नुहोस्
निर्वाचन आयोगको निर्णयः कांग्रेसको आधिकारिक नेतृत्व गगन थापालाई मान्यता
काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई आधिकारिक दलको रूपमा मान्यता दिएको छ। शुक्रबार बसेको आयोग बैठकले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई वैध ठहर गर्दै थापालाई सभापतिको हैसियतमा स्वीकार गरेको हो। विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितासहित थापा सभापति चयन भएपछि उनले केन्द्रीय समितिको निर्णयसहित आयोगमा आधिकारिकताको दाबी पेश गरेका थिए। आयोगले […]
पूरा पढ्नुहोस्
‘अब कांग्रेसमा गुट छैन’ — सभापति गगन थापाको घोषणा, चुनावी गठबन्धनको अध्याय बन्द
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र गुटगत राजनीति समाप्त भएको घोषणा गर्दै अब कुनै प्रकारको भागबण्डा नहुने स्पष्ट पारेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिकता दिएपछि सार्वजनिक अपीलमार्फत उनले यो धारणा राखेका हुन्। सभापति थापाले पार्टीका भुईँ तहका कार्यकर्ता र शीर्ष नेतृत्वबीच समान हैसियत रहने उल्लेख गर्दै निर्णय […]
पूरा पढ्नुहोस्
सभापति पदको दौड होइन, कांग्रेस सुधार प्राथमिकता होः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति बन्ने आकांक्षाका कारण आफूहरूले विशेष महाधिवेशनको माग गरेको भन्ने आरोप अस्वीकार गरेका छन्। उनले पार्टीभित्र देखिएको असन्तुष्टि पदको लडाइँका लागि नभई संगठन सुधारका लागि भएको स्पष्ट पारे। बुधबार बुद्धिजीवीहरूसँगको छलफलमा बोल्दै थापाले केही नेताहरूले आफू सभापति बन्न खोजेको आरोप लगाइरहेको उल्लेख गर्दै भने, “हामीलाई सभापति […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभा उम्मेदवार छनोटमा कांग्रेस महामन्त्री थापाको असहमति
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै फरक मत दर्ता गरेका छन्। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले औपचारिक रूपमा आफ्नो असहमति राखेका हुन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले उम्मेदवार छनोट गर्दा पार्टीका स्थापित संरचनाको भूमिका कमजोर बनाइएको आरोप लगाए। उनका […]
पूरा पढ्नुहोस्
पुस मसान्तभित्र विशेष महाधिवेशन अनिवार्य, नबोलाए केन्द्रबाटै आयोजना गर्छौं : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने स्पष्ट पारेका छन्। केन्द्रीय कार्यसमितिले निर्णय नगरे विधानले दिएको अधिकार प्रयोग गर्दै केन्द्रीय कार्यालय (महामन्त्री कार्यालय) मार्फत विशेष महाधिवेशन आयोजना गरिने चेतावनीसमेत उनले दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकपछि धारणा सार्वजनिक गर्दै थापाले कार्यवाहक सभापतिले विधानको धारा ४३ प्रयोग गरी केन्द्रीय […]
पूरा पढ्नुहोस्
देउवाको छलफलमा नजाने गगन, विशेष महाधिवेशनको प्रतिवेदन बनाउन धुलिखेल प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाए पनि महामन्त्री गगन थापा सहभागी नहुने भएका छन्। उनी विशेष महाधिवेशनको प्रतिवेदन तयार गर्न काभ्रेको धुलिखेल जाने तयारीमा छन्। महामन्त्री थापाका स्वकीय सचिव शंकर कुइकेलका अनुसार थापा बिहीबार साढे ४ बजे धुलिखेल जाने पूर्वनिर्धारित तालिकामा छन्। ‘विशेष महाधिवेशनको प्रतिवेदन तयार पार्न २–४ दिन धुलिखेल जाने […]
पूरा पढ्नुहोस्



