Tag: kp oli
देश निर्माण विनाशबाट सम्भव छैन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तोडफोड र विनाशका गतिविधिबाट देश निर्माण हुन नसक्ने बताएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरे। उनले पछिल्लो समय सरकारले विभिन्न स्थानमा घर तथा बस्ती भत्काउने कामलाई प्राथमिकता दिएको […]
पूरा पढ्नुहोस्
जेनजी आन्दोलन छानबिन टुंगिँदै, केपी ओलीमाथिको स्थान हद हटाइयो
काठमाडौँ । जेनजी आन्दोलनसम्बन्धी घटनामा छानबिन भइरहेको क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाइएको छ। उच्चस्तरीय जाँचबुझ आयोगले ओलीसँग आवश्यक सोधपुछ र कागजात बुझ्ने प्रक्रिया पूरा भएपछि प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आन्दोलनका बेला प्रधानमन्त्रीको हैसियतमा भएका निर्णय र भूमिकाबारे आयोगले […]
पूरा पढ्नुहोस्
ओलीको व्यंग्य : ‘कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघ मार्दैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गरेका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले उक्त सहकार्यलाई बाघको सिकार गर्न बनाइएको कमजोर मोर्चाको संज्ञा दिए। ‘कुखुरा, बाख्रा र स्यालको […]
पूरा पढ्नुहोस्
एमाले सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सूची तयार गर्ने तयारी
काठमाडौं, नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। भोलि (आइतबार) बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक बस्ने तय भएको हो। बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार सूची तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। निर्वाचन कार्यतालिका नजिकिँदै जाँदा एमालेले संगठनात्मक र चुनावी तयारीलाई तीव्र बनाएको देखिन्छ। यसअघि प्रतिनिधिसभा पुनःस्थापनाको वकालत गर्दै आएको एमालेले […]
पूरा पढ्नुहोस्
एमाले महाधिवेशनका स्वयंसेवक युवाको ओलीद्वारा प्रशंसा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवक युवाले उच्च आदर्श र अनुशासन देखाएको बताएका छन्। स्वयंसेवक सम्मान कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेका युवाले कुलतमा नलागी कर्तव्यपालनाका साथ महाधिवेशन सफल बनाउन योगदान दिएको भन्दै प्रशंसा गरे। तीन दिनका लागि तय गरिएको महाधिवेशन छ दिनसम्म चले पनि स्वयंसेवकहरू रातदिन नभनी तदारुकताका साथ खटिएको […]
पूरा पढ्नुहोस्
रवि–बालेन भेटले चुनावी तरंग, ओलीविरुद्ध खडा हुने चर्चा
फागुन २१ को निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच करिब ६ घन्टा लामो छलफल भएको छ। काठमाडौं कमलपोखरीस्थित पूर्वसांसद असिम शाहको निवासमा भएको भेटलाई वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको संकेतका रूपमा हेरिएको छ। छलफलमा चुनावी सहकार्य, राजनीतिक भविष्य र एकअर्काको धारणा बुझ्ने विषयमा खुलेर संवाद भएको बताइएको […]
पूरा पढ्नुहोस्



