संवाददाता
१८ आश्विन २०८३, आईतवार १६:०६
जनमत पार्टीको दोस्रो महाधिवेशनबाट डा. सीके राउत पुनः अध्यक्ष निर्वाचित भएका छन्। वीरगञ्जमा भएको मतदानमा उनले ९५८ मत पाए। अध्यक्षमा उनको मात्रै उम्मेदवारी परे पनि पार्टी विधानले तोकेको न्यूनतम मतसीमा पूरा गर्न मतदान गरिएको थियो।
महासचिव पदमा सिरहाका सञ्जयकुमार यादव ६१८ मतसहित निर्वाचित भएका छन्। प्रतिस्पर्धी ममता झा र चन्दनकुमार सिंहले क्रमशः २२० र १६५ मत पाए।
महाधिवेशनबाट उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा पनि नयाँ पदाधिकारी चयन भएका छन्।





प्रतिकृया दिनुहोस्