Tuesday, October 27

समाचार

भिजिट भिसा कि जेल टिकट? विमानस्थलमा खुला भ्रष्टाचारको जालो

१. छानबिनको घेरामा गृह प्रशासन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जान चाहने युवाबाट असुली भइरहेको तथ्य सार्वजनिक भएपछि गृह प्रशासन स्वयं नै संलग्नताको आरोपमा परेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिसकेको छ। यस क्रममा थप १४ कर्मचारीलाई मन्त्रालयले हटाएको छ, जसमा अधिकांश नायब सुब्बा […]

पूरा पढ्नुहोस्

राप्रपाले आइतबार शान्तिपूर्ण तर सीमित नेता सहभागी प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार सीमित नेताहरूको सहभागीता रहने गरी शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्र तोड्ने भनिएको आन्दोलन शान्तिपूर्ण ढंगले हुने स्पष्ट पारेका छन्। ‘वैचारिक हिसाबले राप्रपा देशको प्रमुख प्रतिपक्षी पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं, सरकारले नडराए हुन्छ,’ भन्दै अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्। […]

पूरा पढ्नुहोस्

मानवअधिकार आयोगको आग्रह : शिक्षक आन्दोलन वार्ताबाट समाधान गर्न सरकारलाई सुझाव

काठमाडौँ, वैशाख ३ — राष्ट्रिय मानवअधिकार आयोगले शिक्षक आन्दोलन वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याले पठनपाठन अवरुद्ध भएको भन्दै सरकारलाई वार्तामार्फत समाधानको बाटो खोल्न अनुरोध गरेको हो। नेपाल शिक्षक महासंघले शिक्षा ऐन संशोधन, शिक्षा नीति उत्पादनमुखी बनाउने र विगतमा भएका […]

पूरा पढ्नुहोस्

२०८१ साल -नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक र सफल वर्ष !

काठमाडौँ , २०८१ साल नेपाली चलचित्र क्षेत्रका लागि एक ऐतिहासिक वर्षको रूपमा दर्ज भएको छ। यस वर्ष न केवल नयाँ फिल्महरूको उल्लेखनीय सफलता देखियो, दर्शकहरूको रुचिमा पनि विविधता र गहिराइ आएको अनुभव गरियो। उल्लेखनीय फिल्महरू र व्यावसायिक सफलता ‘पूर्णबहादुरको सारङ्गी’, ‘छक्कापञ्जा ५’, ‘बोक्सीको घर’, ‘अञ्जिला’, ‘लाज शरणम्’, ‘पूजार सार्की’, र ‘१२ गाउँ’ जस्ता फिल्महरूले सन् […]

पूरा पढ्नुहोस्

रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको चासो, उच्च अदालतसँग कैफियत प्रतिवेदन माग

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुर (बुटवल इजलास) सँग लिखित कैफियत प्रतिवेदन माग गरेको छ। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध चैत २९ गते ‘थुनुवा दफा ७३’ अन्तर्गत सर्वोच्चमा निवेदन दर्ता गरिएको थियो। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा […]

पूरा पढ्नुहोस्