१. छानबिनको घेरामा गृह प्रशासन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जान चाहने युवाबाट असुली भइरहेको तथ्य सार्वजनिक भएपछि गृह प्रशासन स्वयं नै संलग्नताको आरोपमा परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिसकेको छ। यस क्रममा थप १४ कर्मचारीलाई मन्त्रालयले हटाएको छ, जसमा अधिकांश नायब सुब्बा रहेका छन्।
२. छानबिनकै बीचमा कर्मचारी हटाइँदा प्रश्न उठ्यो
संविधानिक आयोगबाट छानबिन भइरहँदा मन्त्रालयले कर्मचारी हटाएको कार्यले सरकारको नियतमाथि समेत शंका उत्पन्न गराएको छ।
“जब गृह प्रशासनको संलग्नता देखिन थालेको छ, त्यहीबेला छानबिन अवरुद्ध पार्न कर्मचारी हटाइयो”, एक सरकारी स्रोतको भनाइ छ।
३. पूर्वकाण्डहरूसँग सम्बन्ध
सहसचिव भट्टराई १० वर्षअघिको त्रिपाल काण्डमा समेत संलग्न थिए। यस्तै, गृहमन्त्री रमेश लेखकको सचिवालयमा कार्यरत अधिकारी विमल पौडेल पहिल्यै भिजिट भिसाको नाममा मानव तस्करी प्रकरणमा प्रतिवादी बनेका थिए।
४. पक्राउ, रकम, र भिडियो प्रमाण
पूर्वअधिकृत नरवीर खड्का २० पुस २०८० मा २ लाख रुपैयाँसहित पक्राउ परे। उनीसँग भेटिएको मोबाइलमा ६६ जना युवाको नाम थियो। खड्काले प्रहरीलाई दिएको बयानमा भिजिट भिसा सहजिकरण समितिमार्फत असुलीको रकम बाँडफाँड हुने बताए।
“हामी सेटिङ एजेन्टहरुमार्फत रकम पाउँछौं, हरेकको भागमा ४०-५० हजार पर्छ,” उनले प्रहरी अनुसन्धानको भिडियोमा भनेका छन्।
५. छानबिनमा अवरोध
अनुसन्धानको क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन डीएसपी गोविन्द पन्थीलाई अचानक हटाइएको थियो।
पूर्वएसपी रविन्द्र रेग्मी भन्छन्, “केवल आठ महिनामात्र अवकाश बाँकी भएको अवस्थामा सरुवा हुनु अस्वाभाविक थियो।”
६. संगठित अपराधको संरचना
यूएई, साउदी, युरोप जाने भिजिट भिसामा प्रतिव्यक्ति ५० हजारदेखि ४ लाखसम्म असुली हुने गरिएको छ।
‘एल’ र ‘एस’ कोडमार्फत महिला र पुरुष छुट्याएर अध्यागमन पार गराउने गरिएको थियो। अध्यागमनमा तीन सिफ्टमा खटिने कर्मचारीहरूमध्ये हरेक सिफ्टको नेतृत्व समेत संलग्न रहेको आशंका गरिएको छ।
७. शक्तिकेन्द्रको हस्तक्षेप
अध्यागमन कार्यालयमा जान उच्च तहको सिफारिस चाहिने भएकाले पहुँचवाला कर्मचारी मात्र दोहोरिएर जान पाउँछन्।
कतिसम्म भने विमानस्थलमा दरबन्दीभन्दा बढी कर्मचारी खटाइने र पोस्टिङका लागि ‘प्रि-पेड’ रकम बुझाउने चलन समेत रहेको देखिएको छ।
८. दिनमा ४० लाखसम्मको असुली
भिजिट भिसा अनुसन्धान गरिरहेका एक अधिकृतका अनुसार, एक दिनमै ४० लाख रुपैयाँसम्म असुली हुने गरेको देखिएको छ।
पूर्वप्रहरी एआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, “विमानस्थलमा अयोग्य कर्मचारी जानु, र असुली हुनु, राज्य संरक्षित अपराधको संकेत हो।”





प्रतिकृया दिनुहोस्