संवाददाता
२० पुष २०८२, आईतवार ०८:५३
काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्। विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाका प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी आज साँझ दिल्ली प्रस्थान गर्न लागेका हुन्।
प्रचण्डको सचिवालयका अनुसार एक महिनाअघि नै तय भएको उक्त सन्देश सभा भोलि (आइतबार) आयोजना हुँदैछ। सभालाई सम्बोधन गरेपछि प्रचण्ड भोलि साँझ नै स्वदेश फर्किने कार्यक्रम छ।
सचिवालयले जनाएअनुसार दिल्लीमा रहँदा सन्देश सभालाई सम्बोधन गर्नेबाहेक प्रचण्डका अन्य कुनै राजनीतिक भेटघाटका कार्यक्रम तय भएका छैनन्।





प्रतिकृया दिनुहोस्