काठमाडौं ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) सचिव महेश बस्नेत सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्।
आइतबार राति सम्पन्न एमालेको बैठकले बस्नेतलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि सो क्षेत्रमा राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार रहेकामा उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बस्नेतको नाम सर्वसम्मत भएको हो।
सर्वसम्मत सिफारिसको वातावरण बनाउन सहयोग गरेको भन्दै बस्नेतले राजथला र श्रेष्ठप्रति सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद व्यक्त गरेका छन्।
भक्तपुर–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तर्फबाट भने रामप्रसाद सापकोटा (दीपशिखा) उम्मेदवारका रूपमा सिफारिस भइसकेका छन्।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा महेश बस्नेत भक्तपुर–२ बाट निर्वाचित भई उद्योग मन्त्रीसमेत बनेका थिए। तर २०७९ सालको निर्वाचनमा भने उनी नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापासँग पराजित भएका थिए।





प्रतिकृया दिनुहोस्