काठमाडौँ। आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच औपचारिक तालमेल भएको छ। दुई दलबीच आइतबार भएको सहमतिअनुसार रुकुमका दुवै निर्वाचन क्षेत्रमा एकअर्कालाई समर्थन गर्ने समझदारी बनेको हो।
सहमति अनुसार पश्चिम रुकुममा प्रलोपा उम्मेदवार जनार्दन शर्माको पक्षमा एमालेले मतदान गर्नेछ भने पूर्वी रुकुममा नेकपाका उम्मेदवार प्रचण्डविरुद्ध मैदानमा उत्रिएका प्रलोपाका सन्दीप पुनलाई एमालेले साथ दिनेछ।
तीन बुँदे सहमति पत्रमा कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्ला तथा पुरानो राप्ती अञ्चलका क्षेत्रमा भने प्रलोपा समर्थकहरूले एमालेका उम्मेदवारलाई मत दिने उल्लेख गरिएको छ। यसले दुवै दलबीच क्षेत्रगत रूपमा भोटको आदान–प्रदान हुने संकेत गरेको छ।
सहमति कार्यान्वयनका लागि आ–आफ्नो पार्टी पङ्क्तिलाई तत्काल निर्देशन दिने विषय पनि दस्तावेजमा समेटिएको छ। सहमति पत्रमा एमालेका तर्फबाट उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाका अध्यक्ष दुर्गा सोबको हस्ताक्षर रहेको जनाइएको छ।





प्रतिकृया दिनुहोस्