रुपन्देहीको सैनामैना नगरपालिकाभित्र रहेको स्वास्थ्य संस्थामा भेन्टिलेटर अभाव हुँदा गम्भीर बिरामीहरूको ज्यान जोखिममा परेको अवस्थामा एक विद्यार्थी आफैँ जीवनरक्षक उपकरण निर्माण गर्न जुटेका छन्।
सैनामैनाका विद्यार्थी आविष्कार खनाल केही महिनादेखि कम खर्चमा प्रयोग गर्न सकिने भेन्टिलेटर बनाउन प्रयासरत छन्। स्वास्थ्य संस्थामा श्वासप्रश्वाससम्बन्धी गम्भीर बिरामीका लागि आवश्यक उपकरण नहुँदा बिरामीलाई टाढा अस्पताल लैजानुपर्ने अवस्था देखेपछि उनले यो अभियान सुरु गरेका हुन्।
“सरकारी अस्पतालमै यस्तो उपकरण नहुँदा धेरै मानिसले समयमै उपचार पाउँदैनन्। त्यसैले म विद्यार्थी भएर पनि केही गर्न चाहें,” खनालले बताएका छन्।

आर्थिक स्रोत सीमित भए पनि स्थानीय स्तरमै उपयोगी हुने भेन्टिलेटर तयार पार्ने उनको लक्ष्य रहेको छ। यदि सफल भएमा यसले विशेषगरी गरीब र ग्रामीण क्षेत्रका बिरामीहरूको ज्यान बचाउन ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।
स्वास्थ्य सेवा राज्यको जिम्मेवारी भए पनि आवश्यक उपकरणको अभावले नागरिक असुरक्षित हुनु दुःखद भएको स्थानीयवासीको भनाइ छ। सम्बन्धित निकायले यस्तो सकारात्मक पहललाई सहयोग गर्दै स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउनुपर्ने माग गरिएको छ।
👉 एकातिर स्वास्थ्य संस्थामा उपकरण अभाव, अर्कोतिर एक विद्यार्थी जीवन बचाउन संघर्षरत।
प्रश्न अब पनि उही छ — नागरिकको ज्यान जोगाउने जिम्मेवारी कसको??





प्रतिकृया दिनुहोस्