२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले देशभरका स्थानीय तहप्रति गम्भीर आरोप लगाउँदै आफ्नो पार्टीको नाम बदनाम गराउने प्रयास भएको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकायहरूले अव्यवस्थित व्यवसायीको विषयमा रास्वपाको नाम जोडेर गलत सन्देश प्रवाह गरेको जिकिर गरे। “देशभरका विभिन्न स्थानीय तहहरूले रास्वपाको काँधमा बन्दुक हानेर अव्यवस्थित व्यवसायीलाई देख्यौ, तिमीहरूको काम भइरहेको छ भन्ने खालको ब्रिफिङ गरेका छन्, यसमा हाम्रो गम्भीर आपत्ति छ,” उनले भने।
लामिछानेले अव्यवस्थित व्यवसाय मात्र नभई असुरक्षित बसोबासीको सवालमा पनि सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरे। उनका अनुसार सरकारले असुरक्षित बस्ती हटाउने नाममा नागरिकहरूलाई अन्यायपूर्ण रूपमा विस्थापित गर्ने प्रयास गरिरहेको छ।
उनले यस्ता गतिविधिले आम जनतामा भ्रम सिर्जना गर्ने र पार्टीको छविमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन्। साथै, स्थानीय तह र सरकारलाई जिम्मेवार ढंगले काम गर्न उनले आग्रह गरेका छन्।





प्रतिकृया दिनुहोस्