संवाददाता
१८ आश्विन २०८३, आईतवार १४:२०
दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार बुटवलमा भएको फाइनलमा पुलिसले संखुवासभाको सभापोखरी भलिबल क्लबलाई ३–० सेटले हरायो। खेलका सेट २५–२३, २५–२३ र २५–२२ मा टुंगिए।
उपाधिसँगै नेपाल पुलिसले सात लाख रुपैयाँ पायो। उपविजेता सभापोखरीले तीन लाख ५० हजार रुपैयाँ हात पार्यो। तेस्रो स्थानको खेलमा एपीएफ क्लबले खैरा भलिबल क्लब पञ्जाबलाई ३–१ सेटले पराजित गर्यो। प्रतियोगितामा नेपालका चार र विदेशका तीन टोली सहभागी थिए।





प्रतिकृया दिनुहोस्