संवाददाता
१८ आश्विन २०८३, आईतवार १४:३०
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा आबद्ध टोरन्टो सिक्सर्सले क्यानडा सुपर ६० को महिला उपाधि जितेको छ। फाइनलमा टोरन्टोले भ्यानकुभर वारियर्सलाई ६ विकेटले हरायो।
प्रतियोगिताको आधिकारिक स्कोरकार्डअनुसार वारियर्सले १० ओभरमा ८४ रन बनाएको थियो। टोरन्टोले ९.३ ओभरमै ८५ रन पुर्याएर खेल जित्यो। बर्मा १८ रनमा अविजित रहिन् र बलिङमा एक विकेट लिइन्।





प्रतिकृया दिनुहोस्