संवाददाता
१८ आश्विन २०८३, आईतवार १६:०१
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ सात सदस्यीय टोलीसहित शनिबार कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन्। टोलीमा पाँच जना चिनियाँ सदस्य रहेको जनाइएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले टोली कोरला नाका हुँदै आएको पुष्टि गरेकी छन्। लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार भ्रमणको उद्देश्य नाकाको अवस्थाबारे जानकारी लिनु हो।
तीनदिने भ्रमणपछि टोली आइतबार कोरला नाका हुँदै चीन फर्कने कार्यक्रम रहेको छ।





प्रतिकृया दिनुहोस्