संवाददाता
६ मंसिर २०८२, शुक्रबार ११:१९
बाराको सिमरामा जेनजीलाई कुटपिट गरेको आरोपमा एमालेका कार्यकर्ता अरबिन्द साह पक्राउ परेका छन्। यसअघि नै वडा २ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का अध्यक्ष कैमद्विन अन्सारी पक्राउ भइसकेका थिए। बुधबार एमालेको कार्यक्रमलाई जेनजीले विरोध गरेपछि झडप भएको थियो। जेनजी अगुवा साइकुस उपाध्यायले दिएको जाहेरीपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। बिहीबारसम्म पनि प्रदर्शन जारी थियो तर अहिले अवस्था सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।





प्रतिकृया दिनुहोस्