समाचार
केपी शर्मा ओली एमाले अध्यक्षमा पुनः निर्वाचित
नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका हुन्। ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६३ मत पाए। कुल २२६३ महाधिवेशन प्रतिनिधिमध्ये ३६ जनाले मतदान गरेनन्। यससँगै ओली एमालेको तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका छन्। पदाधिकारी तहमा पनि अधिकांश उम्मेदवार ओली पक्षकै विजयी भएका छन्।
पूरा पढ्नुहोस्
रवि लामिछाने थुनामुक्त हुने, उच्च अदालतले तोक्यो तीन शर्त
उच्च अदालत बुटवलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले तीन शर्त तोकेपछि मात्र उनलाई रिहा गर्न भनिएको हो। अदालतका अनुसार विदेश यात्रा गर्नु परेमा उनले पूर्वअनुमति लिनुपर्नेछ। साथै, अन्तिम फैसला अनुसार थप बिगो वा जरिवाना तोकिएमा तिर्न तयार रहेको कागज बुझाउनुपर्नेछ। तेस्रो शर्तअन्तर्गत जिल्ला अदालतले तोकेको […]
पूरा पढ्नुहोस्
देउवासँगको भेट अर्थपूर्ण रहेको, छिट्टै परिणाम देखिन्छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको हालको भेटलाई ‘अर्थपूर्ण’ भन्दै यसको नतिजा छिट्टै देखिने दाबी गरेका छन्। विहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भेटमा देशको राजनीतिक स्थितिबारे गम्भीर छलफल भएको बताए। देउवासँगको भेटबारे आलोचना भइरहेको प्रसंगमा ओलीले देउवा सक्षम नेता भएकै कारण पटक–पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै प्रमुख दलका नेताबीच […]
पूरा पढ्नुहोस्
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण;
कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् […]
पूरा पढ्नुहोस्
एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा
नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरुको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेश कमिटीहरुलाई अनिवार्य रुपमा युवाको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ । […]
पूरा पढ्नुहोस्
चुनावमा आवश्यक सहयोग गर्न तयार छौँ-जापानका राजदूत
नेपालका लागि जापानका राजदूत मायदा तोरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। जापानका राजदूत तोरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर भेट गरेका हुन्। नेपाल-जापान सम्बन्धको ७० औँ वर्षगाँठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा राजदूतले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सराहना गर्नुका साथै […]
पूरा पढ्नुहोस्
राप्रपाको निष्कासनपछि सांसद कञ्चन बिच्छा पदमुक्त
राष्ट्रिय प्रजातन्त्र पार्टीले सदस्य कञ्चन बिच्छालाई निष्कासन गरेसँगै उनी मधेश प्रदेशसभा सांसदको पदबाट पदमुक्त भएकी छन्। मधेश प्रदेशसभाले आज औपचारिक सूचना जारी गर्दै बिच्छाको सांसद पद समाप्त भएको जानकारी गराएको हो। पार्टीको नीतिविपरीत अनुशासन उल्लंघन गरेको भन्दै राप्रपाको १२ गते बसेको बैठकले उनलाई हटाउने निर्णय गरेको थियो। उनी समानुपातिक सांसद हुन्।
पूरा पढ्नुहोस्
अपाङ्गता भएका व्यक्तिको समान पहुँच आवश्यक: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी हक अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यका सबै सेवा–सुविधामा समान पहुँच सुनिश्चित गर्नुपर्ने उनले जोर दिए। अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको सन्देशमार्फत उनले कार्यालय, विद्यालय, सार्वजनिक सवारी, भवन, सडक, पार्कलगायत सबै संरचना अपाङ्गमैत्री बनाउनु आजको आवश्यकता रहेको उल्लेख […]
पूरा पढ्नुहोस्
भदौ २३ को घटनाको जिम्मा तत्कालीन सरकारको हो: विद्या भण्डारी
पूर्वराष्ट्रपति विद्या भण्डारीले भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको गोलीकाण्डको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिनुपर्ने बताएकी छन्।कान्तिपुर टेलिभिजनको अन्तर्वार्तामा उनले सुरक्षा व्यवस्था कमजोर देखिएको र एकैदिन ठूलो संख्यामा युवाहरूको ज्यान जानु नेपालको इतिहासकै दुःखद घटना भएको उल्लेख गरिन्। उनका अनुसार, घटनाको नैतिक जिम्मेवारी राजनीतिक नेतृत्वले अनिवार्य रूपमा लिनुपर्छ, सुरक्षा परिचालन र […]
पूरा पढ्नुहोस्
समाचारपछि ठेकेदार बोले: ‘सिद्धलेख–कालीदह पुल दुई महिनामा पूरा
केही दिनअघि Standard Khabar ले प्रकाशित गरेको सिद्धलेख गाउँपालिका वडा नं ५ र वडा नं–१ जोड्ने कालीदहको मोटरेबल पुल निर्माणमा देखिएको लापरवाहीसम्बन्धी समाचारले ठेकेदार कम्पनीहरूको ध्यानाकर्षण गरेको छ। स्थानीय बासिन्दासँगको सोधपुछका आधारमा तयार पारिएको सो समाचारले सुरुआतमा ठेक्का लिएका सूर्य कन्स्ट्रक्सन प्राली काम छाडेर हिँडेको, र पछि नयाँ ठेकेदार आएर पनि काम सुस्त भएको जनगुनासो […]
पूरा पढ्नुहोस्



