संवाददाता
३ पुष २०८२, बिहीबार १८:१३
उच्च अदालत बुटवलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले तीन शर्त तोकेपछि मात्र उनलाई रिहा गर्न भनिएको हो।
अदालतका अनुसार विदेश यात्रा गर्नु परेमा उनले पूर्वअनुमति लिनुपर्नेछ। साथै, अन्तिम फैसला अनुसार थप बिगो वा जरिवाना तोकिएमा तिर्न तयार रहेको कागज बुझाउनुपर्नेछ।
तेस्रो शर्तअन्तर्गत जिल्ला अदालतले तोकेको धरौटी र सम्भावित बिगो बराबरको रकम बैंक ग्यारेन्टीमार्फत बुझाउनुपर्ने भए पनि लामिछानेले उक्त ग्यारेन्टी पहिल्यै बुझाइसकेकाले अब जिल्ला अदालतले रुजु गरी थुनामुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ।





प्रतिकृया दिनुहोस्