राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच आज झण्डै चार घण्टा लामो ‘वान–टु–वान’ वार्ता भएको छ।
कुपण्डोलस्थित बालेन शाहका सहयोगीको निवासमा भएको भेटवार्ता सकिएपछि बाहिर निस्किएका रवि लामिछानेलाई सञ्चारकर्मीहरूले दुई वटा प्रश्न गरेका थिए।
पहिलो प्रश्नमा उनलाई ‘लौरो नै टेक्ने हो कि घण्टी बजाउने हो?’ भनेर सोधिएको थियो। यसमा रविले हाँस्दै “अलिकति प्रश्न गर्नुहोस् न” भन्दै प्रत्यक्ष जवाफ दिन चाहेनन्।
त्यसपछि भेटवार्ता कत्तिको सकारात्मक रह्यो भन्ने प्रश्नमा उनले संकेतात्मक शैलीमा “मेरो अनुहारले के बताउँछ?” भन्दै प्रतिक्रिया दिए।
रविका यी छोटा तर अर्थपूर्ण अभिव्यक्तिले बालेन शाहसँगको भेटलाई लिएर राजनीतिक वृत्तमा चासो बढाएको छ। स्रोतका अनुसार रवि लामिछानेले आजै फेरि बालेन शाहसँग थप भेटवार्ता गर्ने तयारी पनि गरेका छन्।





प्रतिकृया दिनुहोस्