काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पछिल्लो समय चुनावी राजनीतिमा सक्रिय देखिन थालेका छन्। विभिन्न राजनीतिक दल, जेन–जी अगुवा र नेताहरूसँग निरन्तर छलफलमा जुटिरहेका बालेन हाल सार्वजनिक कार्यक्रममा कालो चस्माबिनै देखिन थालेका छन्।
र्यापरका रूपमा पहिचान बनाएका बालेन स्वतन्त्र उम्मेदवार बनेर काठमाडौं महानगरको मेयर निर्वाचित हुँदा उनको कालो चस्मा पनि पहिचानकै रूपमा स्थापित भएको थियो। ‘बालेन चस्मा’ भन्दै बजारमा समेत त्यसको चर्चा चलेको थियो।
तर पछिल्ला भेटघाट, रवि लामिछानेसँगको छलफलदेखि महानगरको नगरसभासम्म उनी चस्माबिनै देखिएका छन्। दलीय राजनीतिमा होमिने संकेतसँगै उनको यो रूप परिवर्तनलाई अर्थपूर्ण रूपमा हेरिन थालेको छ।
चुनाव नजिकिँदै जाँदा बालेन विभिन्न शक्ति र समूहसँग सहकार्यको सम्भावना खोजिरहेका छन्। यही राजनीतिक सक्रियतासँगै उनको कालो चस्मा ओझेलमा पर्नु धेरैका लागि चासोको विषय बनेको छ।





प्रतिकृया दिनुहोस्