Thursday, June 4

राजनीति

जेनजी पुस्ता सडकमा, दुर्गासहित बालेनको पनि पूर्ण समर्थन

निराजन थापा  काठमाडौँ , २२ भदौ । नेपालमा हाल २० भन्दा बढी सामाजिक सञ्जालहरू सरकारले बन्द गरिदिएको छ । विशेष गरेर नेपालीहरूले धेरै प्रयोग गर्ने सञ्जालहरू फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्स्याप लगायत धेरै सामाजिक सञ्जाल बिहीबारदेखि प्रतिबन्धित छन् । यसरी सरकारले सामाजिक सञ्जाल बन्द गरे लगत्तै नेपालको युवा पुस्ता, विशेष गरी जेनजी पुस्ताले, सत्ता र भ्रष्टाचारविरुद्ध सामाजिक […]

पूरा पढ्नुहोस्

राजु गैरेमाथि आफ्नै पार्टीभित्र आक्रमण, राप्रपा नेतृत्वको मौनताले उठायो गम्भीर प्रश्न

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा १८ वर्षदेखि धार्मिक एजेन्डा र राजसंस्थाको पक्षमा समर्पित रहँदै सक्रिय राजनीतिमा रहेका राजु गैरे आफ्नै पार्टीभित्रैको आन्तरिक राजनीति र आक्रमणको शिकार बनेका छन्। पार्टीभित्र न्यायको खोजीमा रहेका गैरे अहिले नेतृत्वको मौनता र प्रहरी प्रशासनको निष्क्रियताविरुद्ध आक्रोशित छन्। गत बिहीबार, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतले सामाजिक सञ्जालमा […]

पूरा पढ्नुहोस्

रोकिएन नवयुवराज हृदयन्द्रको चर्चा, वीरेन्द्रको पुनर्जन्म हुनसक्ने आस्था

यतिबेला ज्ञानेन्द्र शाहका नाती नवयुवराज हृदयन्द्र शाहको जुम्ला भ्रमण गरेको vlog (भ्लग) ले विश्वभर चर्चा पाइरहेको छ। उक्त vlog (भ्लग) मा हृदयन्द्र शाहले कर्णालीका विभिन्न पर्यटकीय स्थलहरू देखाएको, सामान्य नागरिक सरह जनताहरूसँग खुलेर कुरा गरेको, शालिन र सादगी जीवनशैली देखिएको प्रष्ट देख्न सकिन्छ। हृदयन्द्र शाहको नम्र व्यवहार, शालीन प्रस्तुति र भद्र शैलीले गर्दा यतिखेर नेपाली […]

पूरा पढ्नुहोस्

रवि लामिछानेको समर्थनमा २४ लाख बढी हस्ताक्षर संकलन गरेको रास्वपाको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै २४ लाख ५७ हजार जनाले हस्ताक्षर गरेको बताएको छ। आज (बिहीबार) केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर सभापतिको न्यायका लागि २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको बताएको हो । अभियानका संयोजक दीपक बोहराका अनुसार असार ७ गतेदेखि सुरू गरिएको उक्त […]

पूरा पढ्नुहोस्

बर्खा लागिसके पनि निर्णायक आन्दोलन नरोकिने बिष्टको दाबी

  ४ असार , काठमाडौँ | राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले बर्खा लागिसके पनि ठूलो आन्दोलन नरोकिने दाबी गरेका छन्। मङ्गलबार राष्ट्रिय शक्ति नेपालमा अभियान प्रवेश कार्यक्रममा बोल्दै केशरबहादुर बिष्टले यस्तो दाबी गरेका हुन् ,राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब बर्खा लागिसकेकाले आन्दोलन नहुने बताउँदै आएका थिए भने केशरबहादुर बिष्टले यसको खण्डन गर्दै  जतिसुकै बर्खा […]

पूरा पढ्नुहोस्

भिजिट भिसा कि जेल टिकट? विमानस्थलमा खुला भ्रष्टाचारको जालो

१. छानबिनको घेरामा गृह प्रशासन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जान चाहने युवाबाट असुली भइरहेको तथ्य सार्वजनिक भएपछि गृह प्रशासन स्वयं नै संलग्नताको आरोपमा परेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिसकेको छ। यस क्रममा थप १४ कर्मचारीलाई मन्त्रालयले हटाएको छ, जसमा अधिकांश नायब सुब्बा […]

पूरा पढ्नुहोस्

राप्रपाले आइतबार शान्तिपूर्ण तर सीमित नेता सहभागी प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार सीमित नेताहरूको सहभागीता रहने गरी शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्र तोड्ने भनिएको आन्दोलन शान्तिपूर्ण ढंगले हुने स्पष्ट पारेका छन्। ‘वैचारिक हिसाबले राप्रपा देशको प्रमुख प्रतिपक्षी पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं, सरकारले नडराए हुन्छ,’ भन्दै अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्। […]

पूरा पढ्नुहोस्

रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको चासो, उच्च अदालतसँग कैफियत प्रतिवेदन माग

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुर (बुटवल इजलास) सँग लिखित कैफियत प्रतिवेदन माग गरेको छ। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध चैत २९ गते ‘थुनुवा दफा ७३’ अन्तर्गत सर्वोच्चमा निवेदन दर्ता गरिएको थियो। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा […]

पूरा पढ्नुहोस्