संवाददाता
५ पुष २०८२, शनिबार १७:४५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका छन्। शनिबार काठमाडौं आइपुगेपछि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर पीडित परिवारहरूसँग भेटवार्ता गरेका हुन्।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या भएको भन्दै शहीद परिवारको न्यायका लागि रास्वपा लड्ने बताए। उनले सुशासन कायम गर्न सरकारलाई रास्वपाको पूर्ण साथ रहने पनि स्पष्ट पारे।
लामिछानेले जेनजी र शहीद परिवारका माग पूरा गर्न पार्टी र व्यक्तिगत रूपमा ऐक्यबद्धता रहेको उल्लेख गरे। शहीद परिवारले घटनामा संलग्नमाथि कारबाही गर्न सरकारले चासो नदेखाएको गुनासो गरेको जानकारी पनि उनले दिए।





प्रतिकृया दिनुहोस्