Tuesday, October 27

राजनीति

जाँचबुझ आयोगमा बयान दिन जाने रमेश लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्रीसमेत रहेका लेखकले आयोगले बोलाएअनुसार बयान दिन तयार रहेको बताए। उनका अनुसार आयोगले भोलिका लागि बोलाएको भए पनि आफू सोमबार आयोगमा उपस्थित हुने तयारीमा छन्। “उहाँहरूले भोलिलाई बोलाउनुभएको रहेछ, मैले सोमबार जाने तयारी गरेको छु,” लेखकले […]

पूरा पढ्नुहोस्

नेपाललाई बंगलादेश बन्न दिन हुँदैन : प्रधानमन्त्री सुशीला कार्की

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश जस्तो अवस्था बन्न दिन नहुने बताएकी छन्। बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन्। प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार ‘अचानो’ जस्तो अवस्थामा पुगेको टिप्पणी गर्दै राजनीतिक दल र जेन–जी समूहबाट दिनदिनै सरकार छोड्न दबाब र गालीगलौज भइरहेको बताइन्। सबैतिरबाट […]

पूरा पढ्नुहोस्

रवि–बालेनबीच झण्डै चार घण्टा वान–टु–वान वार्ता, रविका संकेतात्मक प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच आज झण्डै चार घण्टा लामो ‘वान–टु–वान’ वार्ता भएको छ। कुपण्डोलस्थित बालेन शाहका सहयोगीको निवासमा भएको भेटवार्ता सकिएपछि बाहिर निस्किएका रवि लामिछानेलाई सञ्चारकर्मीहरूले दुई वटा प्रश्न गरेका थिए। पहिलो प्रश्नमा उनलाई ‘लौरो नै टेक्ने हो कि घण्टी बजाउने हो?’ भनेर सोधिएको थियो। यसमा रविले […]

पूरा पढ्नुहोस्

एमाले महाधिवेशनका स्वयंसेवक युवाको ओलीद्वारा प्रशंसा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवक युवाले उच्च आदर्श र अनुशासन देखाएको बताएका छन्। स्वयंसेवक सम्मान कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेका युवाले कुलतमा नलागी कर्तव्यपालनाका साथ महाधिवेशन सफल बनाउन योगदान दिएको भन्दै प्रशंसा गरे। तीन दिनका लागि तय गरिएको महाधिवेशन छ दिनसम्म चले पनि स्वयंसेवकहरू रातदिन नभनी तदारुकताका साथ खटिएको […]

पूरा पढ्नुहोस्

पुसभित्र ३ तहको मात्रै अधिवेशन गर्न गगन थापाको प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुसभित्र वडा, क्षेत्र र केन्द्रीय गरी ३ तहको मात्रै अधिवेशन गर्न प्रस्ताव गरेका छन्। उनले बुधबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यो प्रस्ताव राखेका हुन्। यसअघि केन्द्रीय समितिले वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै ७ तहको अधिवेशनपछि केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको […]

पूरा पढ्नुहोस्

रवि लामिछाने–बालेन शाहबीच सहकार्यबारे छलफल, सहमतिका लागि दबाब दिँदै गेटमै ताला

फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको सम्भावनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भइरहेको छ। ललितपुरस्थित बालेन शाहका सहयोगी कुमार बेनको निवासमा छलफल चलिरहेको हो। छलफल स्थलभित्र रवि र बालेनबीच संवाद भइरहँदा बाहिर भने जेन–जी अभियन्ता सुदन गुरुङ उपस्थित छन्। गुरुङले सहमतिको दबाब दिन आफू त्यहाँ पुगेको बताएका […]

पूरा पढ्नुहोस्

राप्रपा र राप्रपा नेपालबीच आज एकता, सहमति पत्रमा हस्ताक्षर

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज, ९ पुस, काठमाडौँमा एकता हुने भएको छ। दुवै अध्यक्षले सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार, “दुई दलबीचको एकता सहमति पत्रमा साँझ ७ बजेअघि हस्ताक्षर हुनेछ। अहिलेसम्म सहमति मात्र भएको छ, पद बाँडफाँटको विषयमा केही […]

पूरा पढ्नुहोस्

एलन मस्कको भविष्यवाणी: युनिभर्सल हाई इनकमले गरिबी अन्त्य गर्ने

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क प्रायः आफ्ना अभिव्यक्तिका कारण चर्चा र विवादमा रहने गर्छन्। हालै उनले भविष्यमा गरिबी पूर्णरूपमा समाप्त हुने दाबी गरेका छन्। यो अभिव्यक्ति अमेरिकी अर्बपति लगानीकर्ता रे डालियोको ‘ट्रम्प अकाउन्ट्स’ प्रस्तावप्रति प्रतिक्रिया स्वरूप आएको हो। मस्कका अनुसार, भविष्यमा प्रत्येक व्यक्तिले युनिभर्सल हाई इनकम प्राप्त गर्नेछन्, जसले गर्दा पैसा बचत गर्ने आवश्यकता […]

पूरा पढ्नुहोस्

हृदयन्द्रसँगको भेटपछि चर्चामा आएकी महिला राप्रपाको समानुपातिक उम्मेदवारमा सिफारिस:

पूर्वनवयुवराजधिराज हृदयन्द्रलाई देउडा गीत सुनाएर सामाजिक सञ्जालमा भाइरल बनेकी पञ्चकली बुढालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेको छ। जुम्ला जिल्ला कार्यसमितिले महिला कोटाका लागि पञ्चकलीलाई पहिलो नम्बरमा सिफारिस गरेको हो। केही महिनाअघि हृदयन्द्र जुम्ला भ्रमणमा पुगेका बेला पञ्चकलीसँगको भेट र उनले सुनाएको देउडा गीतले उनी तत्कालै चर्चामा आएकी थिइन्। पहिल्यैबाट राप्रपा […]

पूरा पढ्नुहोस्

९ बुँदे मागसहित माइतीघरमा डा. कमल भुसाल आमरण अनसनमा, ‘माग पूरा नभएसम्म पछि हट्दिन’

विभिन्न ९ बुँदे माग अघि सार्दै माइतीघर मण्डलामा आमरण अनसन बसिरहेका डा. कमल (निकोलस) भुसालले माग पूरा नभएसम्म अनसन नतोड्ने स्पष्ट पारेका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू सुशासन, भ्रष्टाचार अन्त्य र राजनीतिक प्रणाली सुधारका लागि ‘वार कि पार’ को लडाइँमा उत्रिएको बताएका हुन्। डा. भुसालले तत्काल प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने, जेन–जी आन्दोलनका […]

पूरा पढ्नुहोस्