रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध भएको मुद्दामा न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन्। भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि उनले आफूले भोगेको अन्याय देशमाथि भएको अन्यायको तुलनामा सानो भएको प्रतिक्रिया दिए।
लामिछानेले उपयुक्त समयमा सबै विषयमा बोल्ने भन्दै अहिलेका लागि ‘हिसाबकिताब गर्न बाँकी रहेको’ बताए। उनले देशमा भएको अन्यायविरुद्ध लडाइँ जारी रहने पनि स्पष्ट पारे।
खराब मौसमका कारण हवाई यात्रा प्रभावित भएपछि उनी चितवन हुँदै सडकमार्गबाट साँझ भैरहवा पुगेका थिए। कारागार पुग्दा र छुटेपछि रास्वपाका नेता–कार्यकर्ता र समर्थकहरूले नाराबाजी गर्दै खुसी व्यक्त गरेका थिए।
उच्च अदालत बुटवलको आदेशअनुसार २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएपछि उनलाई रिहा गरिएको हो। उनी बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा थिए।





प्रतिकृया दिनुहोस्