संवाददाता
१३ पुष २०८२, आईतवार १५:३७
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक सचिवालय बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीलाई अन्तिम रूप दिने विषयमा छलफल भइरहेको छ।
निर्वाचन आयोगले पुस १४ सम्म बन्दसूची बुझाउने समयसीमा तोकेकाले त्यसलाई प्राथमिकतामा राखेर निर्णय लिने तयारी भएको एमालेले जनाएको छ। जिल्ला र प्रदेश तहबाट सिफारिस भएका नामका आधारमा तयार पारिएको छोटो सूचीलाई आजै टुंग्याएर आयोगमा बुझाइने बताइएको छ।
बैठकमा पार्टीको कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक अवस्था तथा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग गरेको छलफलबारे ब्रिफिङ पनि हुने जनाइएको छ।





प्रतिकृया दिनुहोस्