काठमाडौँ ।
जेनजी प्रतिनिधि तथा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिएका छन्।
गुरुङले आफू र ‘हामी नेपाल’ सँग सम्बन्धित हालसम्मका सबै आर्थिक कारोबारका कागजातसहित आयोगमा उपस्थित भई बयान दिएको जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आर्थिक कारोबारसम्बन्धी सम्पूर्ण विवरण प्रमाणसहित आयोगमा बुझाएको उल्लेख गरेका हुन्।
‘हामी नेपालसँग आबद्ध भएका आर्थिक कारोबारसम्बन्धी हालसम्मका सम्पूर्ण कागजात प्रमाणसहित छानबिन आयोगमा उपस्थित भएको छु,’ गुरुङले लेखेका छन्।
आफूमाथि लगाइएका आरोपको सत्यतथ्य स्पष्ट पार्न आफू स्वयं प्रक्रियामा अघि बढेको उल्लेख गर्दै उनले प्रमाणका आधारमा सत्य बाहिर ल्याउन प्रतिबद्ध रहेको बताएका छन्।
‘हामीमाथि लगाइएको आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको छु,’ गुरुङको भनाइ छ।





प्रतिकृया दिनुहोस्