संवाददाता
३ माघ २०८२, शुक्रबार १३:२३
काठमाडौं ।
रवि लामिछानेविरुद्धको आरोपपत्र संशोधन गर्न अनुमति दिएको महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। युवराज पौडेलले उक्त निर्णय संविधान र प्रचलित कानुनविपरीत रहेको दाबी गर्दै बदरको मागसहित रिट पेस गरेका हुन्।
रिट निवेदन सर्वोच्च अदालतको मुद्दा महाशाखामा दर्ता भई प्रारम्भिक अध्ययनको प्रक्रियामा रहेको जनाइएको छ। निवेदक पौडेलले आरोपपत्र संशोधनको निर्णय कार्यान्वयन भए मुद्दा फिर्ता हुने जोखिम रहेको उल्लेख गर्दै हाललाई कामकारबाही अघि नबढाउन अन्तरिम आदेशको माग पनि गरेका छन्।
अब अदालतले प्रारम्भिक सुनुवाइपछि रिट दर्ता गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ।





प्रतिकृया दिनुहोस्