संवाददाता
२५ माघ २०८२, शनिबार १६:३२
काठमाडौं। नेपाली कला क्षेत्रका चर्चित कलाकार सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार बिहान स्वास्थ्य समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो।
अस्पताल स्रोतका अनुसार बिहान करिब ७:४४ बजे गरिएको ईसीजी परीक्षणले उनको मृत्यु भएको पुष्टि गरेको हो। अस्पताल पुर्याउँदा उनी अचेत अवस्थामा रहेका र प्रारम्भिक अनुमानअनुसार हृदयघात (कार्डियाक अरेस्ट) भएको बताइएको छ।
स्रोतका अनुसार अस्पतालमा ल्याउनेबित्तिकै स्वास्थ्य परीक्षण सुरु गरिएको थियो, तर ईसीजी गर्दा नै अवस्था गम्भीर देखिएको र त्यसै क्रममा निधन पुष्टि भएको हो।
परिवारका सदस्यहरू अस्पताल नपुगेकाले औपचारिक घोषणा भने केही समयपछि मात्रै गर्ने तयारी रहेको जनाइएको छ।





प्रतिकृया दिनुहोस्