काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई जनताको जितको रूपमा चित्रित गरेका छन्। मंगलबार परासी बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो चुनाव नेताहरूको व्यक्तिगत प्रतिस्पर्धा नभई जनताको भविष्यसँग जोडिएको विषय भएको बताए।
उनले मतदातालाई सचेत रहन आग्रह गर्दै भने, “निर्वाचनपछि जनअपेक्षा पूरा गर्न नसक्ने नेतृत्वलाई अर्को चुनावमा जनताले नै मूल्याङ्कन गर्नुपर्छ।”
लामिछानेले जनप्रतिनिधिले जनताका समस्या सुन्नका लागि नागरिकले खोज्दै हिँड्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राखे। उनका अनुसार अब नेता स्वयं जनता माझ पुगेर वास्तविक समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने संस्कार स्थापित गर्नुपर्छ।
उनले निर्वाचनलाई उत्तरदायित्व र जवाफदेहितासँग जोड्दै यसपटकको मतदानले नयाँ राजनीतिक अभ्यासको सन्देश दिने दाबी गरे।





प्रतिकृया दिनुहोस्