काठमाडौं। ललितपुर जिल्लाबाट स्थानीय तहमा Nepali Congress का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका छन्।
ललितपुरका जनप्रतिनिधिहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान जटिल राजनीतिक परिस्थितिमा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अत्यन्त आवश्यक रहेको बताएका हुन्।
विज्ञप्तिमा कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता तथा लोकतन्त्रको संरक्षणका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै थापा त्यसका लागि योग्य व्यक्तित्व भएको जनाइएको छ।
पछिल्लो समय चर्चामा आएको सभापतिको सम्भावित राजीनामाको विषयलाई जनप्रतिनिधिहरूले पूर्ण रूपमा अस्वीकार गर्दै पार्टी सुदृढीकरणका लागि नेतृत्वको निरन्तरता आवश्यक रहेको बताएका छन्।
यो ऐक्यबद्धतामा Rishidev Phuyal (ललितपुर जिल्ला समन्वय समिति प्रमुख), Chiribabu Maharjan, Gajendra Maharjan तथा Bir Bahadur Lopchan लगायतका जनप्रतिनिधिहरूको समर्थन रहेको जनाइएको छ।





प्रतिकृया दिनुहोस्