काठमाडौँ
भावनात्मक प्रेमकथामा आधारित नयाँ नेपाली गीत ‘फर्केर आउँछौ कि?’ सार्वजनिक भएको छ। गीतका शब्द तथा संगीत Gokarna Shrestha ले तयार पारेका हुन् भने स्वर Manish Limbu ले दिएका छन्। उक्त गीत Gokarna Shrestha युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ भने सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउन थालेको छ।
गीतकार Gokarna Shrestha सामाजिक सञ्जालमा विशेषगरी मर्मस्पर्शी शब्द, सायरी, वाचन तथा लेखनका कारण लोकप्रिय मानिन्छन्। उनी Standard Khabar Media Pvt. Ltd. का सञ्चालक समेत हुन्। ‘फर्केर आउँछौ कि?’ गीत गोकर्ण श्रेष्ठको आफ्नै शब्द र आफ्नै अभिनयमा सार्वजनिक भएको पहिलो गीत भएको बताइएको छ, जसले उनको सिर्जनात्मक यात्रामा नयाँ अध्याय थपेको छ।
गीतमा विगतको प्रेम, वियोग र सम्झनाले छोड्ने पीडालाई मार्मिक शब्दमार्फत प्रस्तुत गरिएको छ। गीतका हरेक हरफले माया, विश्वास र धोका जस्ता भावनालाई समेटेको हुँदा धेरै दर्शकले गीतको शब्द–शब्द मन पराएको प्रतिक्रिया दिएका छन्।
गीतमा स्वर दिएका Manish Limbu बाल गायनका रूपमा केही वर्षअघि निकै चर्चित थिए। अहिले समयसँगै परिपक्व आवाजसहित उनी पुनः संगीत क्षेत्रमा सक्रिय भएका छन्। यस गीतलाई धेरैले मनिष लिम्बुको उत्कृष्ट कमब्याकका रूपमा पनि लिएका छन्।
गीतको म्युजिक भिडियोमा Gokarna Shrestha र सुमित्रा तामाङको मुख्य अभिनय देख्न सकिन्छ। उनीहरूको उत्कृष्ट अभिनय र भावनात्मक प्रस्तुतिले दर्शकको मन जित्न सफल भएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिन थालेको छ। भिडियोमा प्रेम, धोका र बिछोडको कथा प्रभावकारी ढंगले देखाइएको छ।
भिडियो निर्देशन Suman Basnet ले गरेका हुन्। क्यामेरा सनम तामाङ र टिमले सम्हालेका छन् भने सम्पादन तथा कलर ग्रेडिङ बिकास दाहालले गरेका छन्। संगीत संयोजन सागर संसार राईले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ साजन शाहले गरेका हुन्। गीतमा बाँसुरी रत्न बीके, गितार सञ्जीव बराइली र सारंगी मनिष गन्धर्वको संगीत रहेको छ। गीतको रेकर्डिङ महोल स्टुडियोमा गरिएको हो।
भिडियोमा जिम्बे राई, राजेन्द्र खड्गी र अञ्जना बराइलीको समेत अतिथि भूमिका रहेको छ।
सार्वजनिक भएको छोटो समयमै गीतले युट्युब र सामाजिक सञ्जालमा दर्शकको ध्यान तानिरहेको छ। भावुक शब्द, मन छुने संगीत र कलाकारहरूको प्रभावकारी अभिनयका कारण ‘फर्केर आउँछौ कि?’ गीतले दर्शकमाझ राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ।
भिडियो लिङ्क : https://youtu.be/bhlMRU8F-UM?si=QVoytEoFHUeMG1wp





प्रतिकृया दिनुहोस्