काठमाडौं । क्षितिज नाट्य प्रतिष्ठान नेपालको काठमाडौं शाखा विस्तार कार्यक्रम काठमाडौंको जमलस्थित होटल येलो प्यागोडामा सम्पन्न भएको छ।
नाट्य तथा कला क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतिष्ठानले काठमाडौंमा आफ्नो शाखा विस्तार गरेको जनाएको छ। शाखा विस्तार कार्यक्रममा कला, साहित्य तथा नाट्य क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा काठमाडौं शाखाको आवश्यकता, आगामी कार्ययोजना तथा नाट्य क्षेत्रको विकासका लागि गर्न सकिने विभिन्न गतिविधिबारे समेत चर्चा गरिएको थियो। प्रतिष्ठानले काठमाडौं शाखामार्फत स्थानीय कलाकार तथा नाट्यकर्मीलाई जोड्दै कला र नाट्य क्षेत्रका गतिविधिलाई थप सक्रिय बनाउने जनाएको छ।
शाखा विस्तारसँगै काठमाडौंमा नाटक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने प्रतिष्ठानको योजना रहेको छ। साथै, नयाँ प्रतिभालाई अवसर प्रदान





प्रतिकृया दिनुहोस्