संवाददाता
१८ आश्विन २०८३, आईतवार १४:०५
जनता समाजवादी पार्टी, नेपालका चार नेताले साधारण सदस्यतासहित पार्टीका सबै जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा पूर्वसंघीय सांसद इन्दुकुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन रहेका छन्।
राजीनामा दिएका नेताहरूले अब ‘हुंकार मधेश’ अभियानमा पूर्णकालिक रूपमा सक्रिय हुने बताएका छन्। अभियानले मधेशका राजनीतिक, सामाजिक तथा समसामयिक विषयमा गतिविधि अघि बढाउने र ‘मेची–महाकाली हुलाकी पुनर्जागरण यात्रा’ सुरु गर्ने तयारी गरेको जनाइएको छ।





प्रतिकृया दिनुहोस्