संवाददाता
१८ आश्विन २०८३, आईतवार १४:१६
पर्वतमा बाढीपहिरोबाट ३०० परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका सात स्थानीय तहमध्ये छवटामा क्षति पुगेको छ। १७० घर पूर्ण रूपमा र १३१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
सबैभन्दा बढी प्रभावित जलजला गाउँपालिकामा १७१ परिवार विस्थापित भएका छन् भने ५८ घर पहिरोको जोखिममा छन्। विपद्ले विद्यालय भवन, स्वास्थ्यचौकी र अन्य संरचनामा पनि क्षति पुर्याएको छ। केही ग्रामीण सडक अवरुद्ध छन्; प्रभावित परिवारलाई स्थानीय निकाय र नेपाल रेडक्रसले राहत सामग्री उपलब्ध गराइरहेका छन्।





प्रतिकृया दिनुहोस्