संवाददाता
४ असार २०८२, बुधबार ०८:०३
४ असार , काठमाडौँ | राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले बर्खा लागिसके पनि ठूलो आन्दोलन नरोकिने दाबी गरेका छन्। मङ्गलबार राष्ट्रिय शक्ति नेपालमा अभियान प्रवेश कार्यक्रममा बोल्दै केशरबहादुर बिष्टले यस्तो दाबी गरेका हुन् ,राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब बर्खा लागिसकेकाले आन्दोलन नहुने बताउँदै आएका थिए भने केशरबहादुर बिष्टले यसको खण्डन गर्दै जतिसुकै बर्खा लागे पनि निर्णायक आन्दोलन हुन कसैले नरोक्ने भन्दै केही समय अगाडि आफ्नो अभियानले इतिहासमै सबैभन्दा ठूलो राजावादी आन्दोलन साउनमा गरेको उदाहरण प्रस्तुत गरेका हुन्
राजावादीहरूमा एकअर्कामा टुटफुट र भाँडभैलो चलिरहेको अवस्थामा केशरबहादुर बिष्टले अब कुनै पनि राजावादीहरू साथमा नभए पनि आफ्नो अभियान नरोकिने र आन्दोलन निरन्तर गरिरहने बताएका छन्।





प्रतिकृया दिनुहोस्