संवाददाता
१८ मंसिर २०८२, बुधबार १२:३६
राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी हक अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यका सबै सेवा–सुविधामा समान पहुँच सुनिश्चित गर्नुपर्ने उनले जोर दिए।
अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको सन्देशमार्फत उनले कार्यालय, विद्यालय, सार्वजनिक सवारी, भवन, सडक, पार्कलगायत सबै संरचना अपाङ्गमैत्री बनाउनु आजको आवश्यकता रहेको उल्लेख गरे।
उनका अनुसार, समाजमा रहेका नकारात्मक धारणामा परिवर्तन ल्याई समावेशी, समानता आधारित र भेदभावविहीन वातावरण निर्माण गर्न सरकार, समाज र परिवारको संयुक्त भूमिका महत्वपूर्ण छ।
नेपालमा यो दिवस ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन’ नाराका साथ मनाइएको छ।





प्रतिकृया दिनुहोस्