संवाददाता
२६ मंसिर २०८२, बिहीबार १५:२०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको हालको भेटलाई ‘अर्थपूर्ण’ भन्दै यसको नतिजा छिट्टै देखिने दाबी गरेका छन्। विहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भेटमा देशको राजनीतिक स्थितिबारे गम्भीर छलफल भएको बताए।
देउवासँगको भेटबारे आलोचना भइरहेको प्रसंगमा ओलीले देउवा सक्षम नेता भएकै कारण पटक–पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै प्रमुख दलका नेताबीच देशका विषयमा छलफल हुनु स्वाभाविक भएको बताए।
देशमा १४३ दल दर्ता भएका उल्लेख गर्दै उनले नयाँ दलहरूको सिद्धान्त र आर्थिक दृष्टिकोण कमजोर भएको तथा ‘दल खोल्ने फेशन’ बढेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।





प्रतिकृया दिनुहोस्