नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा कांग्रेस सहभागी हुन तयार रहेको बताएका छन्। सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति भए निर्वाचनमा जान कुनै समस्या नरहेको बताए।
उनले अहिले देशको अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै कैदीबन्दी कारागार बाहिर हुनु र प्रहरीका हातहतियार लुटिनु जस्ता घटनाले चुनावी वातावरणमा असर पारेको बताए। चुनावको नाममा धाँधली स्वीकार्य नहुने र प्रहरीको मनोबल उच्च बनाउनुपर्नेमा उनले जोड दिए।
डा. कोइरालाले निर्वाचन सम्पन्न गरी देशलाई विकास र समृद्धिको बाटोमा लैजानु आवश्यक रहेको बताए। साथै, राजनीतिक स्थिरता अहिलेको प्रमुख आवश्यकता भएको र जेन–जी पुस्ताले खोजेजस्तै सुशासन र भ्रष्टाचारविरुद्ध कांग्रेसले मुद्दा उठाइरहेको पनि उनले उल्लेख गरे।





प्रतिकृया दिनुहोस्