फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको सम्भावनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भइरहेको छ।
ललितपुरस्थित बालेन शाहका सहयोगी कुमार बेनको निवासमा छलफल चलिरहेको हो। छलफल स्थलभित्र रवि र बालेनबीच संवाद भइरहँदा बाहिर भने जेन–जी अभियन्ता सुदन गुरुङ उपस्थित छन्।
गुरुङले सहमतिको दबाब दिन आफू त्यहाँ पुगेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सहमति नहुँदासम्म रवि र बालेनलाई बाहिर निस्कन नदिने भन्दै घरको गेटमा ताला लगाइएको दाबी गरेका छन्।
उनले सार्वजनिक गरेको भिडियोमा लेखेका छन्, “सम्झौता नहुँदासम्म हामी रवि लामिछाने र बालेन शाहलाई बाहिर जान दिने छैनौं।”
भिडियोमा उनले थप भनेका छन्, “दुई जना नमिलेसम्म यो गेट खोलिँदैन। हामी यहाँ गार्ड बनेका छौँ। कुरा नमिलेसम्म कोही पनि भित्र छिर्दैन र बाहिर निस्कँदैन।”
घटनापछि सामाजिक सञ्जालमा यस विषयले चर्चा पाएको छ।





प्रतिकृया दिनुहोस्