नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवक युवाले उच्च आदर्श र अनुशासन देखाएको बताएका छन्। स्वयंसेवक सम्मान कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेका युवाले कुलतमा नलागी कर्तव्यपालनाका साथ महाधिवेशन सफल बनाउन योगदान दिएको भन्दै प्रशंसा गरे।
तीन दिनका लागि तय गरिएको महाधिवेशन छ दिनसम्म चले पनि स्वयंसेवकहरू रातदिन नभनी तदारुकताका साथ खटिएको उनले उल्लेख गरे। “कुनै गुनासो आएन, यो समर्पण, निष्ठा र अनुशासनका लागि धन्यवाद,” ओलीले भने, “कुनै युवा दुर्व्यसनीमा लागेको पाइएन।”
अन्य पार्टीको कार्यक्रम भएको भए अव्यवस्था र झगडाको सम्भावना रहने भन्दै ओलीले एमाले महाधिवेशनमा त्यस्तो अवस्था नदेखिएको दाबी गरे। बालेन शाहको नाम नलिइ व्यङ्ग्य गर्दै उनले देशका चर्चित व्यक्तिहरू नसामा भेटिने गरेको उल्लेख गरे।
उनले आफ्नो भनाइ मन नपरेर दुर्व्यसनीमा रहेका व्यक्तिहरूले पनि कुलत त्यागे आफूलाई खुसी लाग्ने बताएका छन्।





प्रतिकृया दिनुहोस्