काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच आज अपराह्न भेटवार्ता भएको छ। भट्टराई अपराह्न ४ बजेर २० मिनेटमा ललितपुरस्थित छलफल स्थलमा पुगेर मेयर शाहसँग संवाद गरेका हुन्।
स्रोतका अनुसार भट्टराईको आगमनसँगै दुवैबीच भेटवार्ता सुरु भएको हो। पछिल्लो समय मेयर शाहले लगातार राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।
मेयर शाहले बुधबार र बिहीबार विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल गरिरहेका छन्। उनी देश विकास पार्टीबाट सक्रिय राजनीति सुरु गर्ने तयारीमा रहेको बताइएको छ।
यसअघि उनले ऊर्जा क्षेत्रका विज्ञ कुलमान घिसिङ, कांग्रेस नेता चन्द्र भण्डारी र सुनिल शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेताहरू शिशिर खनाल र असिम शाहलगायतसँग भेटवार्ता गरिसकेका छन्।
मेयर शाहको सक्रिय राजनीतिक भेटघाटलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।





प्रतिकृया दिनुहोस्