संवाददाता
११ पुष २०८२, शुक्रबार १२:२८
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। खरेल भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर अध्यक्ष ओलीसँग भेट गरेका हुन्।
भेटका क्रममा समसामयिक राजनीतिक अवस्था र फागुन २१ गते तोकिएको निर्वाचनका विषयमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ।
सो अवसरमा सञ्चारमन्त्री खरेलले शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच हुने वार्ताका लागि ओलीलाई निम्ता दिएको पनि बताइएको छ।
यसअघि आजै खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए भने ओलीसँगको भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको छ।





प्रतिकृया दिनुहोस्