समाचार
रास्वपा–बालेन समूहबीचको निर्णायक वार्ता अनिश्चित, ५०–५० पावर सेयरिङमा अड्कियो सहमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूहबीच शनिबार निर्णायक हुने भनिएको वार्ता अनिश्चित बनेको छ। शक्ति बाँडफाँट (पावर सेयरिङ) को विषयमा सहमति जुट्न नसक्दा वार्ता अन्योलमा परेको हो। शुक्रबार अबेरसम्म भएको दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति हुन नसकेको स्रोतले जनाएको छ। […]
पूरा पढ्नुहोस्
बालेन–रवि–कुलमान एकताप्रति प्रदीप ज्ञवालीको टिप्पणी: विचार मिलेको हो कि स्वार्थ, समयले बताउँछ
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकताको चर्चा चलिरहेका बेला नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले त्यसलाई सकारात्मक रूपमा लिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता ज्ञवालीले विचार मिल्ने शक्तिहरू एक ठाउँमा उभिनु लोकतान्त्रिक प्रतिस्पर्धाकै हिस्सा भएको बताएका छन्। यद्यपि, यो एकता साँच्चिकै […]
पूरा पढ्नुहोस्
चुनावी राजनीतिमा सक्रिय हुँदै बालेन, हट्यो पहिचान बनेको कालो चस्मा
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पछिल्लो समय चुनावी राजनीतिमा सक्रिय देखिन थालेका छन्। विभिन्न राजनीतिक दल, जेन–जी अगुवा र नेताहरूसँग निरन्तर छलफलमा जुटिरहेका बालेन हाल सार्वजनिक कार्यक्रममा कालो चस्माबिनै देखिन थालेका छन्। र्यापरका रूपमा पहिचान बनाएका बालेन स्वतन्त्र उम्मेदवार बनेर काठमाडौं महानगरको मेयर निर्वाचित हुँदा उनको कालो चस्मा पनि पहिचानकै रूपमा स्थापित भएको थियो। ‘बालेन […]
पूरा पढ्नुहोस्
स्ट्यान्डर्ड खबरका फोटो पत्रकार तथा समाजसेवी रमेश (राजु) रेग्मीबाट विद्यालयलाई लाखौंको सहयोग
काठमाडौँ । गङ्गाजमुना गाउँपालिका वार्ड नं ७, धादिङ निवासी समाजसेवी तथा होटल चिसापानीका सञ्चालक रमेश (राजु) रेग्मीले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई यसपटक पनि निरन्तरता दिएका छन्। सामाजिक उत्तरदायित्वसँगै पत्रकारितामा समेत सक्रिय रहँदै आएका रेग्मी Standard Khabar Media का फोटो पत्रकारसमेत हुन्। शिवपुरी गाउँपालिका–१ मा अवस्थित श्री भूमे देवी माध्यमिक विद्यालयलाई रेग्मीले १ लाख ५१ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच शनिबार निर्वाचनबारे छलफल
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार निर्वाचनका विषयमा छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच शीतलनिवासमा भेटवार्ता भएको थियो। त्यसैको निरन्तरताका रूपमा प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका नेतासँग पुनः छलफल गर्न लागेकी हुन्। शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर […]
पूरा पढ्नुहोस्
सञ्चारमन्त्री खरेलको एमाले अध्यक्ष ओलीसँग भेट, निर्वाचनबारे छलफल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। खरेल भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर अध्यक्ष ओलीसँग भेट गरेका हुन्। भेटका क्रममा समसामयिक राजनीतिक अवस्था र फागुन २१ गते तोकिएको निर्वाचनका विषयमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा सञ्चारमन्त्री खरेलले शनिबार तय भएको तीन दलका शीर्ष नेता […]
पूरा पढ्नुहोस्
रवि–बालेनबीच पार्टी एकता वा सहकार्य आजै टुंगो लाग्ने संकेत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच पार्टी एकता वा चुनावी सहकार्यको घोषणा आज रातिसम्म हुने संकेत देखिएको छ। दुवै नेताबीच पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपातबारे अन्तिम छलफल भइरहेको निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार रास्वपाका तर्फबाट ७० र बालेन पक्षबाट ३० प्रतिशतको अनुपातमा समानुपातिक उम्मेदवार […]
पूरा पढ्नुहोस्
मेयर बालेन शाहलाई भेट्न खग्रेन्द्र सुनार पनि कुपण्डोल पुगे
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेटवार्ता गर्न खग्रेन्द्र सुनार ललितपुरको कुपण्डोल पुगेका छन्। बालेन शाह हाल आफ्ना सहयोगी कुमार बनेको निवासमा बसेर राजनीतिक भेटघाट गरिरहेका छन्। ‘हाम्रो पार्टी नेपाल’ गठन गरेर चुनावी तयारीमा रहेका सुनार सोही क्रममा मेयर शाहसँग भेट गर्न कुपण्डोलस्थित छलफल स्थलमा पुगेका हुन्। यसअघि सोही स्थानमा बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति […]
पूरा पढ्नुहोस्
फागुन २१ को चुनाव नयाँ शक्तिको उदयको प्रस्थानविन्दु हुनुपर्छ : ऊर्जामन्त्री घिसिङ
ऊर्जामन्त्री कुलमान घिसिङले आगामी प्रतिनिधि सभाको चुनाव नयाँ शक्ति उदयको प्रस्थानविन्दु हुनुपर्ने बताएका छन्। बिहीबारदेखि सुरु गरिएको उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार चुनाव गराउने उद्देश्यले गठन भएको स्पष्ट पारे। ‘जेन–जी आन्दोलनबाट बनेको वर्तमान परिस्थितिका कारण यो सरकार बनेको हो, र यसको मुख्य काम चुनाव गराउनु हो,’ मन्त्री घिसिङले भने, […]
पूरा पढ्नुहोस्
अवामी लिगलाई बंगलादेशको आगामी चुनावमा भाग लिन नदिइने, हसिनाको कडा विरोध
बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई फेब्रुअरी २०२६ मा हुने राष्ट्रिय संसदीय निर्वाचनमा भाग लिन नदिने स्पष्ट पारेको छ। पार्टीका गतिविधिमा प्रतिबन्ध कायम रहेकाले चुनाव लड्न अनुमति नदिइने सरकारको अडान छ। पत्रकार सम्मेलनमा अमेरिकी सांसदहरूले अवामी लिगमाथिको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै पत्र लेखेको विषयमा सोधिएको प्रश्नमा अन्तरिम सरकारका प्रमुख सल्लाहकारका प्रेस सचिव […]
पूरा पढ्नुहोस्



