Monday, April 20

समाचार

चुनावी संशय हटाउन राष्ट्रपति सक्रिय, जेन–जी मुद्दासहित शीर्ष दलबीच संवाद

फागुन २१ मा तय भएको निर्वाचनलाई लिएर उठेको संशय हटाउन राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीर्ष राजनीतिक दलका नेताबीच संवाद सुरु भएको छ। शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहालबीच छलफल भएको हो। छलफलमा तय मितिमै निर्वाचन गराउने वातावरण बनाउने, शान्ति–सुरक्षा कायम गर्ने र […]

पूरा पढ्नुहोस्

रवि लामिछानेले जेनजी शहीद परिवारसँग छलफल, न्यायका लागि लड्ने प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका छन्। शनिबार काठमाडौं आइपुगेपछि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर पीडित परिवारहरूसँग भेटवार्ता गरेका हुन्। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या भएको भन्दै शहीद परिवारको न्यायका लागि रास्वपा लड्ने बताए। उनले सुशासन कायम गर्न […]

पूरा पढ्नुहोस्

रिहाइपछि रवि लामिछाने: न्यायको लडाइँ अझै बाँकी छ

रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध भएको मुद्दामा न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन्। भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि उनले आफूले भोगेको अन्याय देशमाथि भएको अन्यायको तुलनामा सानो भएको प्रतिक्रिया दिए। लामिछानेले उपयुक्त समयमा सबै विषयमा बोल्ने भन्दै अहिलेका लागि ‘हिसाबकिताब गर्न बाँकी रहेको’ बताए। उनले देशमा भएको अन्यायविरुद्ध लडाइँ जारी रहने पनि स्पष्ट पारे। […]

पूरा पढ्नुहोस्

हार स्वीकार्दै पोखरेलको सन्देश: एमाले अभियानमा संलग्नता अटुट रहन्छ

नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित ईश्वर पोखरेलले निर्वाचित नयाँ नेतृत्वलाई बधाई दिएका छन्। उनले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा आफ्नो सहभागिता निरन्तर रहने स्पष्ट पारेका छन्। पोखरेलले अध्यक्षसहित सबै निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे। साथै, महाधिवेशनमा उठाइएका सामूहिक नेतृत्व, विधि–पद्धतिमा आधारित पार्टी […]

पूरा पढ्नुहोस्

केपी शर्मा ओली एमाले अध्यक्षमा पुनः निर्वाचित

नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका हुन्। ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६३ मत पाए। कुल २२६३ महाधिवेशन प्रतिनिधिमध्ये ३६ जनाले मतदान गरेनन्। यससँगै ओली एमालेको तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका छन्। पदाधिकारी तहमा पनि अधिकांश उम्मेदवार ओली पक्षकै विजयी भएका छन्।

पूरा पढ्नुहोस्

रवि लामिछाने थुनामुक्त हुने, उच्च अदालतले तोक्यो तीन शर्त

उच्च अदालत बुटवलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले तीन शर्त तोकेपछि मात्र उनलाई रिहा गर्न भनिएको हो। अदालतका अनुसार विदेश यात्रा गर्नु परेमा उनले पूर्वअनुमति लिनुपर्नेछ। साथै, अन्तिम फैसला अनुसार थप बिगो वा जरिवाना तोकिएमा तिर्न तयार रहेको कागज बुझाउनुपर्नेछ। तेस्रो शर्तअन्तर्गत जिल्ला अदालतले तोकेको […]

पूरा पढ्नुहोस्

देउवासँगको भेट अर्थपूर्ण रहेको, छिट्टै परिणाम देखिन्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको हालको भेटलाई ‘अर्थपूर्ण’ भन्दै यसको नतिजा छिट्टै देखिने दाबी गरेका छन्। विहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भेटमा देशको राजनीतिक स्थितिबारे गम्भीर छलफल भएको बताए। देउवासँगको भेटबारे आलोचना भइरहेको प्रसंगमा ओलीले देउवा सक्षम नेता भएकै कारण पटक–पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै प्रमुख दलका नेताबीच […]

पूरा पढ्नुहोस्

मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण;

कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् […]

पूरा पढ्नुहोस्

एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा

नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरुको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेश कमिटीहरुलाई अनिवार्य रुपमा युवाको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ । […]

पूरा पढ्नुहोस्

चुनावमा आवश्यक सहयोग गर्न तयार छौँ-जापानका राजदूत

नेपालका लागि जापानका राजदूत मायदा तोरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। जापानका राजदूत तोरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर भेट गरेका हुन्। नेपाल-जापान सम्बन्धको ७० औँ वर्षगाँठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा राजदूतले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सराहना गर्नुका साथै […]

पूरा पढ्नुहोस्