संवाददाता
१० पुष २०८२, बिहीबार १६:५६
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेटवार्ता गर्न खग्रेन्द्र सुनार ललितपुरको कुपण्डोल पुगेका छन्। बालेन शाह हाल आफ्ना सहयोगी कुमार बनेको निवासमा बसेर राजनीतिक भेटघाट गरिरहेका छन्।
‘हाम्रो पार्टी नेपाल’ गठन गरेर चुनावी तयारीमा रहेका सुनार सोही क्रममा मेयर शाहसँग भेट गर्न कुपण्डोलस्थित छलफल स्थलमा पुगेका हुन्।
यसअघि सोही स्थानमा बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बालेनलाई भेट्न त्यही पुगेका थिए।
मेयर शाहको निरन्तर राजनीतिक भेटघाटले आगामी चुनाव र सम्भावित सहकार्यबारे चासो बढाएको छ।





प्रतिकृया दिनुहोस्