ऊर्जामन्त्री कुलमान घिसिङले आगामी प्रतिनिधि सभाको चुनाव नयाँ शक्ति उदयको प्रस्थानविन्दु हुनुपर्ने बताएका छन्। बिहीबारदेखि सुरु गरिएको उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार चुनाव गराउने उद्देश्यले गठन भएको स्पष्ट पारे।
‘जेन–जी आन्दोलनबाट बनेको वर्तमान परिस्थितिका कारण यो सरकार बनेको हो, र यसको मुख्य काम चुनाव गराउनु हो,’ मन्त्री घिसिङले भने, ‘फागुन २१ गतेको चुनावलाई केवल मतदान प्रक्रियाका रूपमा मात्र होइन, नयाँ राजनीतिक शक्तिहरूको उदयको सुरुवातका रूपमा लिनुपर्छ।’
उनले नयाँ शक्ति एकताबद्ध भएर टिमका रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। नयाँ नेतृत्व स्थापित गर्दै साझा लक्ष्यका साथ अघि बढे मात्र राजनीतिक परिवर्तन सम्भव हुने उनको भनाइ थियो।
‘नयाँ नेतृत्वलाई स्थापित गर्दै अगाडि बढ्नुपर्छ,’ घिसिङले भने, ‘उज्यालो नेपालले यस दिशामा नेतृत्वदायी भूमिका खेल्नेछ भन्ने विश्वास म व्यक्त गर्दछु।’





प्रतिकृया दिनुहोस्