राजनीति
तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन, जनजीवन र यातायात प्रभावित हुने चेतावनी
विगत केही दिनदेखि तराई क्षेत्रमा देखिएको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन कायम रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले तराईमा देखिएको हुस्सु र कुहिरो कम्तीमा आगामी तीन दिनसम्म जारी रहने भन्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। विभागका अनुसार हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रत्यक्ष […]
पूरा पढ्नुहोस्
रवि–बालेन भेटले चुनावी तरंग, ओलीविरुद्ध खडा हुने चर्चा
फागुन २१ को निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच करिब ६ घन्टा लामो छलफल भएको छ। काठमाडौं कमलपोखरीस्थित पूर्वसांसद असिम शाहको निवासमा भएको भेटलाई वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको संकेतका रूपमा हेरिएको छ। छलफलमा चुनावी सहकार्य, राजनीतिक भविष्य र एकअर्काको धारणा बुझ्ने विषयमा खुलेर संवाद भएको बताइएको […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा पुनर्स्थापनाबारे पूरक रिटमा आज पेसी, बहुमत सांसदको समर्थन जुट्यो
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६५ र अन्य दलका ३ गरी ६८ सांसदले हस्ताक्षर गरेको पूरक रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। उक्त रिट मंगलबार वारेसमार्फत दर्ता गरिएको हो। यसअघि कांग्रेसका ८ सांसदले मङ्सिर २३ गते रिट दायर गरेका थिए। अहिले थप हस्ताक्षरसहित कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदको समर्थन […]
पूरा पढ्नुहोस्
चुनावी संशय हटाउन राष्ट्रपति सक्रिय, जेन–जी मुद्दासहित शीर्ष दलबीच संवाद
फागुन २१ मा तय भएको निर्वाचनलाई लिएर उठेको संशय हटाउन राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीर्ष राजनीतिक दलका नेताबीच संवाद सुरु भएको छ। शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहालबीच छलफल भएको हो। छलफलमा तय मितिमै निर्वाचन गराउने वातावरण बनाउने, शान्ति–सुरक्षा कायम गर्ने र […]
पूरा पढ्नुहोस्
रवि लामिछानेले जेनजी शहीद परिवारसँग छलफल, न्यायका लागि लड्ने प्रतिबद्धता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका छन्। शनिबार काठमाडौं आइपुगेपछि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर पीडित परिवारहरूसँग भेटवार्ता गरेका हुन्। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या भएको भन्दै शहीद परिवारको न्यायका लागि रास्वपा लड्ने बताए। उनले सुशासन कायम गर्न […]
पूरा पढ्नुहोस्
रिहाइपछि रवि लामिछाने: न्यायको लडाइँ अझै बाँकी छ
रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध भएको मुद्दामा न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन्। भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि उनले आफूले भोगेको अन्याय देशमाथि भएको अन्यायको तुलनामा सानो भएको प्रतिक्रिया दिए। लामिछानेले उपयुक्त समयमा सबै विषयमा बोल्ने भन्दै अहिलेका लागि ‘हिसाबकिताब गर्न बाँकी रहेको’ बताए। उनले देशमा भएको अन्यायविरुद्ध लडाइँ जारी रहने पनि स्पष्ट पारे। […]
पूरा पढ्नुहोस्
केपी शर्मा ओली एमाले अध्यक्षमा पुनः निर्वाचित
नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका हुन्। ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६३ मत पाए। कुल २२६३ महाधिवेशन प्रतिनिधिमध्ये ३६ जनाले मतदान गरेनन्। यससँगै ओली एमालेको तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका छन्। पदाधिकारी तहमा पनि अधिकांश उम्मेदवार ओली पक्षकै विजयी भएका छन्।
पूरा पढ्नुहोस्
रवि लामिछाने थुनामुक्त हुने, उच्च अदालतले तोक्यो तीन शर्त
उच्च अदालत बुटवलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले तीन शर्त तोकेपछि मात्र उनलाई रिहा गर्न भनिएको हो। अदालतका अनुसार विदेश यात्रा गर्नु परेमा उनले पूर्वअनुमति लिनुपर्नेछ। साथै, अन्तिम फैसला अनुसार थप बिगो वा जरिवाना तोकिएमा तिर्न तयार रहेको कागज बुझाउनुपर्नेछ। तेस्रो शर्तअन्तर्गत जिल्ला अदालतले तोकेको […]
पूरा पढ्नुहोस्
राजसंस्था पुनःस्थापना सहमतिको बाटोबाट मात्र सम्भव: राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था जनमतसंग्रह होइन, राष्ट्रिय सहमति बाट पुनःस्थापित हुनुपर्ने धारणा सार्वजनिक गरेको छ। शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाको परिकल्पनाको राजसंस्था पूर्ण संवैधानिक हुने र यो मुद्दा अल्पमत–बहुमतबाट होइन, सबैको सहमतिबाट समाधान हुनुपर्ने बताए। लिङदेनका अनुसार राजा कुनै एक दलको नभई देशको साझा संस्था हुन्छ, […]
पूरा पढ्नुहोस्
देउवासँगको भेट अर्थपूर्ण रहेको, छिट्टै परिणाम देखिन्छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको हालको भेटलाई ‘अर्थपूर्ण’ भन्दै यसको नतिजा छिट्टै देखिने दाबी गरेका छन्। विहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भेटमा देशको राजनीतिक स्थितिबारे गम्भीर छलफल भएको बताए। देउवासँगको भेटबारे आलोचना भइरहेको प्रसंगमा ओलीले देउवा सक्षम नेता भएकै कारण पटक–पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै प्रमुख दलका नेताबीच […]
पूरा पढ्नुहोस्



