Tuesday, October 27

राजनीति

रवि–बालेन सम्झौताविरुद्ध हर्क साम्पाङको आक्रोश, ११ बजेसम्म ३१ भन्दा बढी फेसबुक पोस्ट

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भएको सात बुँदे सम्झौताको तीव्र विरोध गरेका छन्। आज बिहान साढे ३ बजेदेखि सवा ११ बजेसम्म उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ३१ भन्दा बढी पोस्ट गर्दै सम्झौताविरुद्ध असन्तुष्टि जनाएका […]

पूरा पढ्नुहोस्

रवि–बालेन सम्झौतापछि सञ्चारमन्त्री खरेलको प्रतिक्रिया : ‘नयाँ दिन, नयाँ सुरुवात’

काठमाडौं ।    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएपछि अन्तरिम चुनावी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले सकारात्मक प्रतिक्रिया दिएका छन्। खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदैछ…’। लामो समय […]

पूरा पढ्नुहोस्

बालुवाटारमा तीन दलका शीर्ष नेतासँग कार्कीको पहिलो बैठक, २१ फागुनमै चुनावमा सहमति

काठमाडौं ।                      ..अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा पहिलोपटक तीन मुख्य दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतलनिवासमा हुँदै आएको संवादको निरन्तरता स्वरूप बालुवाटारमा बैठक बसेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले २१ फागुनमै प्रतिनिधिसभा निर्वाचन हुने वातावरण बनेको […]

पूरा पढ्नुहोस्

रवि–बालेनबीच ७ बुँदे सम्झौता, एउटै दलबाट चुनाव लड्ने सहमति

काठमाडौं ।         राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने ७ बुँदे सम्झौता गरेका छन्। सम्झौताअनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रहनेछन् भने बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढ्ने सहमति भएको छ। […]

पूरा पढ्नुहोस्

उज्यालो नेपाल पार्टीले रास्वपाको प्रस्ताव अस्वीकार गर्‍यो, ‘सहअस्तित्वबिनाको एकता स्वीकार्य छैन’

काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आएको एकता तथा सहकार्यसम्बन्धी प्रस्ताव अस्वीकार गरेको छ। रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेपछि उज्यालो पार्टीले त्यसलाई स्वीकार्य नभएको निष्कर्ष निकालेको हो। शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म बौद्धस्थित एक होटलमा बसेको उज्यालो नेपाल […]

पूरा पढ्नुहोस्

एमाले सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सूची तयार गर्ने तयारी

काठमाडौं,  नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। भोलि (आइतबार) बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक बस्ने तय भएको हो। बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार सूची तयार गर्ने विषयमा छलफल हुने बताइएको छ। निर्वाचन कार्यतालिका नजिकिँदै जाँदा एमालेले संगठनात्मक र चुनावी तयारीलाई तीव्र बनाएको देखिन्छ। यसअघि प्रतिनिधिसभा पुनःस्थापनाको वकालत गर्दै आएको एमालेले […]

पूरा पढ्नुहोस्

जेनजी कुनै दलको पक्षमा छैन, राष्ट्रहितका लागि वैकल्पिक शक्तिलाई एकताबद्ध गरिरहेका छौँ : सुदन गुरुङ

काठमाडौँ । जेनजी प्रतिनिधि सुदन गुरुङले आफूहरू कुनै पनि राजनीतिक दलमा संलग्न नरहेको स्पष्ट गर्दै राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि राखेर वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गर्ने अभियानमा लागेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले सत्ता, पद वा व्यक्तिगत प्रसिद्धिले जेनजी आन्दोलनलाई आकर्षित नगर्ने उल्लेख गरेका छन्। उनले बलिदानको जगमा उभिएर सत्ता […]

पूरा पढ्नुहोस्

देश अब नयाँ सोच र नयाँ नेतृत्वतर्फ जानुपर्छ : मन्त्री कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले मुलुकमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए। उनले आगामी फागुन २१ […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री कार्कीको तीन दलका शीर्ष नेतालाई चुनावी निम्तो, ‘निर्वाचन जसरी पनि सफल पारौँ’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई आगामी निर्वाचनमा सहभागी हुन आग्रह गरेकी छिन्। शनिबार बालुवाटारमा आयोजित छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले चुनावी निम्तो दिएकी हुन्। छलफलको सुरुआतमा प्रधानमन्त्री कार्कीले आफ्नो निमन्त्रणालाई स्वीकार गर्दै बालुवाटार आएकोमा […]

पूरा पढ्नुहोस्

रास्वपा–बालेन समूहबीचको निर्णायक वार्ता अनिश्चित, ५०–५० पावर सेयरिङमा अड्कियो सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूहबीच शनिबार निर्णायक हुने भनिएको वार्ता अनिश्चित बनेको छ। शक्ति बाँडफाँट (पावर सेयरिङ) को विषयमा सहमति जुट्न नसक्दा वार्ता अन्योलमा परेको हो। शुक्रबार अबेरसम्म भएको दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति हुन नसकेको स्रोतले जनाएको छ। […]

पूरा पढ्नुहोस्