विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क प्रायः आफ्ना अभिव्यक्तिका कारण चर्चा र विवादमा रहने गर्छन्। हालै उनले भविष्यमा गरिबी पूर्णरूपमा समाप्त हुने दाबी गरेका छन्।
यो अभिव्यक्ति अमेरिकी अर्बपति लगानीकर्ता रे डालियोको ‘ट्रम्प अकाउन्ट्स’ प्रस्तावप्रति प्रतिक्रिया स्वरूप आएको हो। मस्कका अनुसार, भविष्यमा प्रत्येक व्यक्तिले युनिभर्सल हाई इनकम प्राप्त गर्नेछन्, जसले गर्दा पैसा बचत गर्ने आवश्यकता नै नहुनेछ।
युनिभर्सल हाई इनकम प्रणालीमा हरेक व्यक्तिको आम्दानी आधारभूत आवश्यकताका लागि पर्याप्त हुनेछ। मस्कका अनुसार एआई र प्रविधिको प्रयोगले उत्पादन प्रक्रिया छिटो र सस्तो बनाउनेछ, जसले सबैलाई सम्मानजनक आम्दानी सुनिश्चित गर्नेछ।
सोसल मिडियामा उनका यी अभिव्यक्तिपछि व्यापक बहस सुरु भएको छ। कतिपयले भने उत्प्रेरणा र उत्पादनको सवाल उठाएका छन् भने अर्काले बालकले समेत बुझ्ने सरल व्याख्या मागेका छन्। केहीले यसलाई हास्यास्पद टिप्पणीसमेत गरेका छन्।
स्मरण रहोस्, मस्कले पहिले पनि भविष्यमा मानिसको जागिर समाप्त हुने सम्भावना व्यक्त गरिसकेका छन्। उनका विचार विश्वले गम्भीरतापूर्वक लिने गरेको छ।





प्रतिकृया दिनुहोस्